शुक्रबार, कात्तिक २८, २०८२

मनसुनजन्य गतिविधि सक्रिय हुँदा नागरिकलाई समस्या

बाढी तथा अन्य प्राकृतिक विपत्तिको सामना गरिरहेको सिन्धुपाल्चोका विभिन्न स्थानीय तहले ठूलो क्षति बेहोर्नु परेको छ। चाडपर्व नजिकिँदै गर्दासमेत मनसुनजन्य गतिविधि सक्रिय हुँदा झनै नागरिकलाई समस्या भएको छ।
 |  मंगलबार, भदौ २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २८, २०७९

सिन्धुपाल्चोक- बाढी तथा अन्य प्राकृतिक विपत्तिको सामना गरिरहेको सिन्धुपाल्चोका विभिन्न स्थानीय तहले ठूलो क्षति बेहोर्नु परेको छ। चाडपर्व नजिकिँदै गर्दासमेत मनसुनजन्य गतिविधि सक्रिय हुँदा झनै नागरिकलाई समस्या भएको छ।

National life

गत साल आएको मेलम्ची बाढीका कारण हेलम्बु गाउँपालिका–१ र २ का नागरिकले धेरै सास्ती खेप्नु परेको छ। बाढीका कारण यातायातका साधन अवरुद्ध हुँदा त्यहाँका नागरिकलाई खाद्यान्न, स्वास्थ्य उपचार, शिक्षालगायत सेवासुविधाबाट वञ्चित हुनुपरेको छ।

हेलम्बु मेलम्ची बाढीले सडक, यातायात, विद्युत्, विद्यालय संरचनामा क्षति पुग्दा स्थानीय बासिन्दाले सास्ती भोग्नुपरेको छ। बाढीसँगै ग्रामीण भेगहरुमा विभिन्न स्थानमा पहिरो जाँदा विद्यार्थीलगायत स्थानीयवासीहरुमा त्रास सिर्जना भएको हेलम्बु–१ गोल्मादेवी माध्यमिक विद्यालयका ध्रुव सुनारले बताए। 

उनले  धेरै साथीहरु होस्टल बसेर पढेको बताए। बिरामी हुँदा समस्या हुने गरेको उनको भनाइ थियो। यस भेगमा विद्यालय जान आउन समस्या रहेको स्थानीयवासी बताउँछन्।

बाढीपछि गाउँपालिका कार्यालय हुँदै हेलम्बु–१ जाने वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ। तर बर्खाको समयमा वैकल्पिक सडक पनि हिलाम्मे हुँदा यातायातका साधन आवतजावत गर्न सकेका छैनन्। यसले व्यापारी, बिरामी तथा अन्य नागरिकहरुले सास्ती खेप्न परेको हेलम्बु–१ की कर्मो लमिनीले बताए।

Laxmi sunrise bank
kumari

नागरिकका समस्या समाधान गर्न स्थानीय तहले पनि स्रोतसाधनले भ्याएसम्म काम गरिरहेका छन्। पुरानै सडक सञ्चालनदेखि अन्य बिग्रेका संरचना पुनर्निर्माणलगायतका काम धमाधम भइरहेको बताउछन्, वडाध्यक्ष दावा ग्याल्जेन शेर्पा। हिजो खोलामा  हालेको फड्के बेलुकीको बाढीले लगेको उहाँले बताउनुभयो। गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पानी कम भए लगत्तै बाटो मर्मत गरिने बताए। 

प्रकाशित: Sep 13, 2022| 22:50 मंगलबार, भदौ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।