सोमबार, असार १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • वडाध्यक्षले पाए गाउँपालिका अध्यक्षको कार्यबाहक, मन्त्रालयले भन्यो- उपाध्यक्षलाई दिनू

वडाध्यक्षले पाए गाउँपालिका अध्यक्षको कार्यबाहक, मन्त्रालयले भन्यो- उपाध्यक्षलाई दिनू

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को उपदफा ४ को खण्ड 'क' र 'ख'मा यससम्बन्धी व्यवस्था छ। ऐनमा अध्यक्ष अनुपस्थित भए कार्यभार उपाध्यक्ष वा उपप्रमुखले सम्हाल्ने व्यवस्था छ।
 |  मंगलबार, भदौ २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २८, २०७९

बुटवल- पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता भदौ पहिलो सातादेखि फरार छन्। उनको अनुपस्थितिमा गाउँपालिकाको कार्यबाहक अध्यक्षको जिम्मेवारी भने वडाध्यक्ष चुल्हाई प्रसाद यादवले पाएका छन्। 

National life

अध्यक्ष गुप्ता व्यावसायिक साझेदारलाई लागुऔषधको झूटो मुद्दामा फसाएको आरोप लागेपछि फरार बनेपछि गाउँपालिका अध्यक्ष गुप्ताको अनुपस्थितिमा कार्यपालिकाको काम गर्न वडा नं. १ का अध्यक्ष चुल्हाई प्रसाद यादवलाई गाउँपालिका अध्यक्षको कार्यबाहक दिइएको हो। यसपछि उपाध्यक्षमा निर्वाचित भएकी फातुमा खातुन अन्सारीले आपत्ति जनाउँदै आफूलाई कार्यवाहक दिन माग गरेकी थिइन्। 

यो विषयमा विवाद भएपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जानकारी गराएका थिए। मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐनविपरीत वडाध्यक्षलाई कार्यबाहक दिन नमिल्ने भएकाले उपाध्यक्षलाई नै कार्यबाहक बनाउन भनेको छ। 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को उपदफा ४ को खण्ड 'क' र 'ख'मा यससम्बन्धी व्यवस्था छ। ऐनमा अध्यक्ष अनुपस्थित भए कार्यभार उपाध्यक्ष वा उपप्रमुखले सम्हाल्ने व्यवस्था छ।

अध्यक्ष गुप्ता माओवादी केन्द्रबाट निर्वाचित भए। उनलाई ५ दलीय गठबन्धनको समर्थन थियो। उपाध्यक्ष अन्सारी कांग्रेसबाट निर्वाचित भएकी थिइन्। तीन वडाध्यक्ष माओवादी केन्द्र, दुई जना नेपाली कांग्रेस र एक जना लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित भएका थिए।

Shivam cement

गुप्ताको विरोध खातुनले गरेको भन्दै उनलाई कार्यबाहक नदिन गुप्ताको जोडबल भएको बताइएको छ। यसकारण कांग्रेसबाट निर्वाचित वडाध्यक्षले कार्यवाहको जिम्मेवारी पाएको बताइएको छ। 

प्रकाशित: Sep 13, 2022| 21:22 मंगलबार, भदौ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...