सोमबार, असार १, २०८३

डा केसीका मागबारे प्रधानमन्त्रीको चासो

कार्यालयले डा केसीका मागबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा मन्त्रालयका सचिवसँग छलफल गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ।
 |  मंगलबार, भदौ २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २८, २०७९

काठमाडौं- ७ बुँदे माग राखेर सोमबारदेखि आमरण अनसन सुरु गरेका चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीका मागबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले चासो व्यक्त गरेको छ।

National life

कार्यालयले डा केसीका मागबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा मन्त्रालयका सचिवसँग छलफल गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ। 

कार्यालयका तर्फबाट सचिव रामप्रसाद घिमिरेले स्वास्थ्य सचिव डा रोशन पोखरेलसँग छलफल गरेका थिए। डा केसीसँग २०७७ साल असोज २४ गते भएका सहमति र त्यसमा भएका प्रगतिका विषयमा छलफल केन्द्रित भएको बताइएको छ। 

छलफलमा डा केसीसँग वार्ताबारे पनि कुराकानी भएको थियो। यद्यपि सरकारले वार्ताबारे ठोस निर्णय भने गरेको छैन। 


प्रकाशित: Sep 13, 2022| 19:25 मंगलबार, भदौ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...