शनिबार, वैशाख १५, २०८१

दक्षिण एसियाली फुटबलमा देखिएकी नयाँ स्टार खेलाडी नादिया

उमन्स सुपर लिगक्लब लिड्स युनाइटेडबाट खेलिसकेकी ब्रिटिस पाकिस्तानी नादियाले खेलको ५३औं, ७८औं, ८४औं र अन्तिम मिनेटमा गोल गरिन्। खेलपछिको पत्रकार सम्मेनमा नादियाले भनिन्, ‘यो सुरुआत हो। गोल गरेकोमा म धेरै खुसी छु। म पाकिस्तानबाट अझै धेरै खेल्न चहान्छु। हामी एकबद्ध भएर खेलेका छौं।’
 |  मंगलबार, भदौ २८, २०७९

विनय सापकोटा

विनय सापकोटा

मंगलबार, भदौ २८, २०७९

काठमाडौं- दशरथ रंगशालामा सोमबार पाकिस्तान र माल्दिभ्सले महिला साफ च्याम्पियनसिपमा अन्तिम खेल खेल्दा पाकिस्तानले ७-० को जित निकाल्यो। खेलका पाकिस्तानी फरवार्ड नादिया खानले ह्याट्रिकसहित चार गोल गर्दा पाकिस्तानले फराकिलो जित निकोको हो।

triton college

उमन्स सुपर लिगक्लब लिड्स युनाइटेडबाट खेलिसकेकी ब्रिटिस पाकिस्तानी नादियाले खेलको ५३औं, ७८औं, ८४औं र अन्तिम मिनेटमा गोल गरिन्। खेलपछिको पत्रकार सम्मेनमा नादियाले भनिन्, ‘यो सुरुआत हो। गोल गरेकोमा म धेरै खुसी छु। म पाकिस्तानबाट अझै धेरै खेल्न चहान्छु। हामी एकबद्ध भएर खेलेका छौं।’  उनी अहिले चाहिँ डोनकास्टर रोभर वेल्स क्लबबाट खेलिरहेकी छन्।

नादियाले खेलपछि खेलाडीसँग निकै उत्साहसाथ मैदानमा जितको उत्सव पनि मनाइन्। उनी यसअघि इंग्ल्यान्डबाट लामो यात्रा गरेर काबुल पुगेकी थिइन्। त्यसपछि उनले काठमाडौंमा जारी साफमा पाकिस्तनको टिमबाट भारतविरुद्ध डेब्यू गरेकी थिइन्।

२१ वर्षे नादियाले भनिन्, ‘गोल गरेपछि हामीले मिलेर सेलिब्रेसन गरेको थियौँ। यसअघिका दुई खेलमा टफ अपोनेन्ट (भारत र पाकिस्तान) भएकाले हामीले खेल्न सकेनौँ। तर हामीले यो खलमा विश्वास गरेको हो। मलाई लागेको थियो। खेलमा केही गर्नैपर्ने हुन्छ। म पाकिस्तानको लागि खुसी छु।’

पाकिस्तानी प्रशिक्षक एडिल मिर्जा रिजकीले पनि नादिया पाकिस्तानले पाएको उत्कृष्ट खेलाडी भएको बताएका छन्। उनले भने, ‘नादिया भ्यालुएबल खेलाडी हो। उनी हार्ड वर्क गर्छिन्। कहिले नखेलेका खेलाडीलाई उनीसँग खेल्न गाह्रो हुन्छ।’

corrent noodles
Metro Mart

आजको खेलमा नादियाबाहेक रामिन फारिद र खादिजा काजमी र अनमोल हिराले समान एक-एक गोल गरिन्। पहिलो हाफको अधिकांश समय पाकिस्तानले बलमा नियन्त्रण बनाएको थियो। जहाँ, खेलको ४० औं मिनेटमा पाकिस्ताले अग्रता बनायो।

पाकिस्तान हेड कोच एडिल मिर्जा रिजकीले छैटौं संस्करणको साफको यात्रा सजिलो यात्रा नभएको पनि बताएका छन्। उनले भने, ‘यो सजिलो थिएन्। मैले टिममा ब्याक भएर काम गर्नका लागि गाह्रो थियो। हामीले यो खेलमाचाहीँ धेरै प्रयास गरेर जित निकालेको हो।’

पाकिस्ताले खेलको सुरुवातबाटै गोलका प्रयासहरु गरे पनि निर्णायक गोल गर्न भने सकेको थिएन। तर ३९ औं मिनेटमा जुल्फिया फकिरको क्रसलाई नियन्त्रणमा लिँदै अहमद अप्रिदले लामो रेन्जबाट गरेको प्रहार पोस्टको जालीसम्म पुगेको थियो। जहाँ माल्दिभ्सको गोलकिपर अमिनाथ लिजाको केही सिप चलेन। पोस्टअघि बिग्रिएको मैदानमा ठोक्किएर बलले दिशा परिवर्तन गरेपछि गोलकिपरले नजिकैको गोल पनि रोक्न सकिनन्।

खेलको ४४ औं मिनेटमा फ्रिदले गोल मिस गरिन् भने इन्ज्युरी समयमा सुहा हिरानीले छ यार्ड बक्स नजिकैबाट पनि पोस्टमा प्रहार गर्न सकिनन्। इन्ज्युरी समयमा नै जुल्फियालाई लडाएपछि पाकिस्तानले २५ यार्ड बक्सभित्रबाट फ्रि किकको अवसर पाएको थियो। तर उनले गोल गर्न सकिनन्। यससँगै पहिलो हाफमा पकिस्तानले एक गोलको अग्रता बनायो।

उमन्स सुपर लिगक्लब लिड्स युनाइटेडबाट खेलिसकेकी ब्रिटिस पाकिस्तानी नादियाले खेलको ५३औं, ७८औं, ८४औं र अन्तिम मिनेटमा गोल गरिन्। खेलपछिको पत्रकार सम्मेनमा नादियाले भनिन्, ‘यो सुरुआत हो। गोल गरेकोमा म धेरै खुसी छु। म पाकिस्तानबाट अझै धेरै खेल्न चहान्छु। हामी एकबद्ध भएर खेलेका छौं।’ 

पाकिस्तानी प्रशिक्षकले भने, ‘पहिलो हाफको प्रदर्शन ठिकै थियो। तर जितले खुसी थपिएको छ। प्रतिबन्ध फुकुवापछि पहिलो अन्तर्राष्ट्रिय जित हो। यसले फुटबलमा खुसी दिएको लाग्छ।’ खेलको ४९ औं मिनेटमा पाकिस्ताले अग्रता दोब्बर बनायो। जहाँ खाजिदा काजिमले पेनाल्टीमा पाएको अवसरमा पोस्टको बायाँ कुनामा प्रहार गर्दै गोल गरिन्। 

यससँगै पहिलो हाफको ५४ औं मिनेटमा नादिया खानले सोलो गोल गरेकी थिइन्। उनले डिफेन्डर र गोलकिपरलाई बिट गर्दै गोल गरिन्। खेलको ६५ औं मिनेटमा पाकिस्तान गोलको निकै नजिककको अवसरबाट चुक्यो। सेन्टर लाइन नजिकैबाट नादियाले लिएको  सोलो बललाई उनले पोस्ट नजिकै लगेर बाहिर प्रहार गरिन्। यसपटक पाकिस्तानले चार गोलको अग्रता बनाउनबाट चुकेको थियो। तर ७८ औं मिनेटमा नादिया चुकिनन्। आफ्नै टिमको डिफेन्स लाइनबाट पाएको पासलाई नादियाले पहिलेजस्तै लामो समय दौडाउँदै गोल गरेकी थिइन्।

तर, त्यसअघि, ७० औं मिनेटमा पनि पाकिस्तान गोलको अवसरबाट चुक्यो। ७४ औं मिनेटमा नादियाले गरेको प्रहार गोलकिपरको हारतबाटमैदानमा फर्किएको थियो। तर, पाएको बललाई खदिजाले सुन्दर प्रहार गरे पनि क्रसबारको नजिकैबाट बाहिरिएको थियो।

माल्दिभ्सविरुद्ध गोल गरेपछि उत्सव मनाउँदै पाकिस्तानी टोली। 

खेलको एक मिनेट मात्र बाँकी रहँदा नादियाले व्यक्तिगत चौथो गोल पूरा गरिन्। र, प्लेयर अफ दि म्याचसमेत बनिन्। खेलको अन्तिम चार मिनेट बाँकी रहँदा मैदान छिरेकी अनमोल हिराले गोल गर्दै पाकिस्तानले सानदार जित निकालेको हो। यो जितसँगै आठ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको पाकिस्तानले सुरुका दुई खेलमा हार बेहोरे पनि काठमाडौंको साफबाट धेरै अनुभव बटुलेर स्वदेश फर्किएको छ।

पछिल्लो खेलहरुमा उसको फरवार्डको शक्ति देखिएको थिएन। उसले बलियो टिमविरुद्ध गोल गर्न सकेको थिएन्। तर उनीहरुसँग राम्रा फरवार्ड नभएको भने होइन। प्रशिक्षक रिजकीले भने, ‘हामीसँग के छ भन्‍ने मात्र पनि होइन। हामी ग्लोबल प्रस्पेक्टिभमा थियौँ। एकै समयमा सबै खेल्न गाह्रो हुन्छ।’

‘अबको दिनमा आजकै जस्तो अट्याकिङ फुटबल खेल्नेछौं भन्‍ने लागेको छ। हामी जसरी अघि बढिरहेका छौं, अब गइरहने नै छौं, रोकिँदै रोकिँदैनौ। अब हामी केही समयको ब्रेक लिएर फेरि अन्तर्राष्ट्रिय फुटबलमा फर्किने विचार गरेका छौं,’ पाकिस्तानले फुटबल रिलन्च गरेको बनाउँदै प्रशिक्षकले थपे।

खेल अवधिभरी पाकिस्तनी डिफेन्डर हज्रा खान र मिडफिल्डर खादिजा करिमको कम्बिनेसन चुस्त रह्यो। खेलपछि माल्दिभ्सका प्रशिक्षक अहमज शरिफले पाकिस्तानलाई बधाई दिएका छन्। उनले भने, ‘अन्तिम खेल थियो। म पाकिस्तानलाई बधाई दिन चहान्छु। उनीहरुले डिजर्भ गर्ने रिजल्ट पाएका छन्। ७-० को जितलाई मैले स्वीकार गरेका छु।’

च्याम्पियनसिप भर कमजोर प्रदर्शन गरेको माल्दिभ्सले अन्तिम खेलमा पनि गोल गर्न सकेन। उसले २२ गोल बेहोर्‍यो (बंगलादेश ६–०, भारत ९–० हार)। खेलको ६८ औं मिनेटमा नादियाले गोलकिपरलाई पछि पारिसकेको अवस्थामा गरेको प्रहारलाई माल्दिभ्सकी आइसाथ रविनाले गोल लाइनबाट बचाएकी थिइन्। माल्दिभ्सले खेलमा धेरै बचाउ गर्‍यो। ७५ औं मिनेटमा पनि गोलकिपर अमिनाज साफाले पाकिस्तानको प्रहारलाई सजिलै बचाउ गरिन्।

माल्दिभ्स कमजोर हुनुका पछि फिटनेस लेभल, साइकोलोजी, हाम्रो टेक्निकलको अवस्थाका रहेको प्रशिक्षक अहमद शरिफले बताएका छन्। त्यसो त माल्दिभ्सका खेलाडी ९० मिनेट पनि टिक्न नसकेका देखिए। यसबारे प्रशिक्षकले अगाडी भने, ‘अनि खेलाडीमा फिजिकल फिटनेस पनि चाहिन्छ भन्‍ने मलाई लागेको छ। मलाई लागेको थिएन गाह्रो पर्नेछ। केही खेलाडीमा ट्याक्टिसको कमी देखियो, जसले हामीलाई गाह्रो बनाएको हो।’

शरिफले यो प्रतियोगितामा पनि पाँच नयाँ खेलाडीलाई अवसर दिएका थिए। ‘मैले भविष्यका खेलाडीलाई अवसर पनि दिएको हो। मैले १६-१७ वर्षका खेलाडीलाई प्रतियोगितामा डेब्यु गराएँ,’ प्रशिक्षक शरिफले भने। उनले यो प्रतियोगिताबाट धेरै सिकेको बताएका छन्। तर पनि प्रशिक्षकलाई लाग्छ आफ्नोखलाडीले सकेजति खेलेका छन्। 

‘हामीले खलाडीमा मेन्टल फिटनेस पनि गराउनु पर्छ भन्‍ने लागेको छ। हामीले एक्सपोजर दिनुपर्छ भन्‍ने लागेको छ,’ शरिफले आफ्नो टिमबारे भने, ‘धेरै खेलाडी त आर्मी र पुलिसमा नै भएका कारण उनीहरुले खेलाडी रिलिज गर्न मानिरहेका हुँदैनन्।’ यो प्रतियोगिता भनेको पाकिस्तानको फुटबलको नयाँ युगको सुरुआत पनि हो। ‘हामीले हरेक दिन धेरै अभ्यास गरेका छौं। हामीले धेरै गर्न बाँकी नै छ,’ रिजकीले भने।


प्रकाशित: Sep 13, 2022| 19:11 मंगलबार, भदौ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।