सोमबार, असार १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री देउवाले चिनियाँ नेतालाई भने- अनुदान लिन्छौं, ऋण सक्दैनौं

प्रधानमन्त्री देउवाले चिनियाँ नेतालाई भने- अनुदान लिन्छौं, ऋण सक्दैनौं

प्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ राष्ट्रिय जनकांग्रेसको स्थायी समिति अध्यक्ष लि चान्सुसँगको भेटवार्तामा चीनबाट अनुदान स्वीकार गर्न सकिने भए पनि अहिलेको अवस्थामा ऋण लिन नसकिने बताएका छन्।
 |  मंगलबार, भदौ २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २८, २०७९

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ राष्ट्रिय जनकांग्रेसको स्थायी समिति अध्यक्ष लि चान्सुसँगको भेटवार्तामा चीनबाट अनुदान स्वीकार गर्न सकिने भए पनि अहिलेको अवस्थामा ऋण लिन नसकिने बताएका छन्। 

National life

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार अपारन्ह भएको भेटमा चिनियाँ नेता लिउले नेपालमा बीआरआई परियोजना अघि बढाउन प्रधानमन्त्री देउवासँग आग्रह गरेका थिए। जवाफमा प्रधानमन्त्री देउवाले चर्को व्याजदरमा ऋण लिन नसकिने प्रतिक्रिया दिनु भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए। 

उनले भने, 'चीनले सहयोग गर्ने कुराको प्रधानमन्त्रीज्यूले प्रशंसा गर्नुभयो। बीआरआईको विषयमा प्रधानमन्त्रीज्यूले ग्रान्ट लिन्छौं, ऋण लिन सक्दैनौं भन्‍नु भएको छ।' त्यसैगरी उक्त भेटवार्ताका क्रममा द्विपक्षीय सबलीकरणका विषयमा दुबै पक्षबाट कुरा उठेको बताइएको छ। 

बैठकमा सहभागी ती नेताले भने, 'द्विपक्षीय सम्बन्धको सबलीकरणको विषयमा कुरा भएको छ र यसलाई थप सुदृढ बनाउने विषयमा दुबै पक्ष सहमत हुनुभएको छ। त्यसैगरी नेपालको पूर्वाधार विकासमा चीनले गर्दै आएको सहयोगको विषयमा प्रधानमन्त्रीज्यूले चीनको प्रशंसा गर्नुभएको छ। कोरोना महामारीका समयमा चीनले गरेको सहयोग पनि प्रधानमन्त्रीज्यूले प्रशंसा गर्नुभयो।' 

त्यसैगरी चिनियाँ सभामुख लिले पनि नेपालले लिएको एक चीन नीतिप्रति प्रशंसा गरको बताइएको छ। 'नेपालको माटोलाई चीनविरुद्ध प्रयोग गर्न नदिने नेपाल सरकारको प्रतिबद्धतालाई चिनियाँ पक्षले प्रशंसा गरेको छ,' उनले थपे। 

Shivam cement

प्रधानमन्त्री देउवाले यसअघि चिनियाँ चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओसँगको संवादका क्रममा पनि चर्को ब्याजको ऋणमा बीआरआई परियोजना अघि बढाउन नसकिने बताएका थिए। उनले भनेका थिए, 'नेपालको अर्थतन्त्र अहिले सुदृढ अवस्थामा छैन। अहिले ऋण दिने अवस्थामा हामी छैनौं। नेपाललाई अनुदान चाहिएको छ।’ 

त्यसैगरी चैतको दोस्रो साता भएको चिनियाँ विदेशमन्त्रीको भ्रमणका क्रममा पनि प्रधानमन्त्री देउवाले नेपालले ऋणभन्दा पनि सहुलियत ऋण र अनुदानमात्र स्वीकार गर्न सक्ने बताएका थिए। 


प्रकाशित: Sep 13, 2022| 18:34 मंगलबार, भदौ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...