मंगलबार, साउन १९, २०८३

चिनियाँ सभामुख ली र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन्।
 |  मंगलबार, भदौ २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २८, २०७९

काठमाडौं- नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन्। 

उनीहरूबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शिष्टाचार भेट भएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ। नेपालको चारदिने भ्रमणमा आएका चिनियाँ जनकंग्रेसका प्रमुख ली चान्शुले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटवार्ता गरिसकेका छन्।

अध्यक्ष ओलीसँग संघीय संसद् भवन नयाँ बानेश्वरमा भेटवार्ता गरेका थिए। दुवै नेताबीच मंगलबार बिहान १० बजे भेटवार्ता भएको एमालेले बताएको छ। भेटमा अध्यक्ष ओलीसहित नेताहरु सुवासचन्द्र नेम्बाङ, राजन भट्टराई, अष्टलक्ष्मी शाक्य, विष्णु रिमाललगायत सहभागी थिए। लीले ओलीसँगको भेटवार्तामा वेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) कार्यान्वयनमा जोड दिएका थिए। 

लीले मंगलबारै बिहान राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग पनि भेटवार्ता गरेका थिए। 

संघीय संसद् भवन नयाँ बानेश्वरमै ली र प्रचण्डबीच पनि भेटवार्ता भएको थियो। भेटमा प्रचण्डसँगै नेताहरु वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, उपमहासचिव हरिबोल गजुरेल, पम्फा भूसाल, शक्तिबहादुर बस्नेत, सचिव राम कार्की सहभागी थिए। लीले नेपालमा अमेरिकी सक्रियता बढेको भन्दै चिन्ता व्यक्त गरेका थिए। माओवादी नेताहरुसँग भएको भेटमा लीले एमसीसी र एसपीपीबारे चासो राखेको बताइएको छ। 

प्रकाशित: Sep 13, 2022| 17:52 मंगलबार, भदौ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...