सोमबार, असार १, २०८३

राष्ट्रपति भण्डारीबाट पाँच विधेयक प्रमाणीकरण

संसद्का दुवै सदनले पारित गरी प्रमाणीकरणका लागि शीतलनिवासमा पेस भएका पाँच विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेकी हुन्।
 |  मंगलबार, भदौ २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २८, २०७९
National life
Shivam cement

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले ५ वटा विधेयक प्रमाणीकरण गरेकी छन्। राष्ट्रपतिले संसद्का दुवै सदनले पारित गरी प्रमाणीकरणका लागि शीतलनिवासमा पेस भएका पाँच विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा(२)बमोजिम प्रमाणीकरण गरेकी हुन्।

प्रमाणीकरण भएका विधेयकमा तथ्यांकसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, स्ट्यान्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा राष्ट्रपतिबाट लालमोहर लागेको हो।

प्रकाशित: Sep 13, 2022| 17:26 मंगलबार, भदौ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...