सोमबार, असार १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • माधव नेपालको पार्टीले आगामी चुनावमा ३ प्रतिशत कटाउँदैन : एमाले अध्यक्ष ओली

माधव नेपालको पार्टीले आगामी चुनावमा ३ प्रतिशत कटाउँदैन : एमाले अध्यक्ष ओली

नेकपा एसमा कार्यकर्तै नरहेकाले आगामी चुनावमा थ्रेसहोल्ड नकटाउने ओली दाबी।
 |  मंगलबार, भदौ २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २८, २०७९
National life
Shivam cement

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीबाट चोइटिएको एकीकृत समाजवादीले आगामी चुनावमा ३ प्रतिशत पनि  ल्याउन नसक्ने दाबी गरेका छन्।मंगलबार पोखरा आएका अध्यक्ष ओलीले नेकपा एसमा कार्यकर्तै नरहेकाले आगामी चुनावमा थ्रेसहोल्ड नकटाउने बताएका हुन्।

नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो सम्मेलन उद्घाटन गर्दै अध्यक्ष ओलीले भने, ‘यो भविष्यवाणी लेखेर राख्नुहोला–माधव नेपालले ३ प्रतिशत पनि कटाउँदैनन्। एक सिटसम्म जिताउन पाए हुन्थ्यो।’

उनले नेकपा एससँग विचारै नभएको र देश बर्बाद पार्नेमध्ये नेता नेपाल पहिलो नम्बरी भएको आरोप लगाए। अध्यक्ष ओलीले माओवादीमा प्रचण्ड र उनको परिवारबाहेक अर्थोक केही नभएको सुनाए।

प्रकाशित: Sep 13, 2022| 16:32 मंगलबार, भदौ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...