मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • राष्ट्रिय खेलकुदः पुलिस र आर्मीको जित, कुनै खेल नखेली बाहिरियो बागमती

राष्ट्रिय खेलकुदः पुलिस र आर्मीको जित, कुनै खेल नखेली बाहिरियो बागमती

राष्ट्रिय खेलकुदअन्तर्गत ३४ औं राष्ट्रिय पुरुष टी २० क्रिकेटमा विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले जित हात पारेका छन्।
 |  मंगलबार, भदौ २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २८, २०७९

काठमाडौं– नवौं राष्ट्रिय खेलकुदअन्तर्गत हिजो सोमबार बागमती प्रदेशको पनि खेल थियो। तर, वर्षाले मैदान खेल्नै नहुने भएपछि उसको खेल रद्द भयो। चारमध्ये चारै खेल वर्षाका कारण गुमाएपछि बागमती समूह चरणका कुनै पनि खेल नखेल्दै बाहिरिएको छ।

यता, तीन खेल गुमाएको एपीएफको पनि त्यही अवस्था आउने भएको छ। सोमबारसम्ममा २० खेल तोकिएकोमा १४ खेल त रद्द नै भइसकेका छन्। चार खेलमा मात्र पूरा २० ओभर खेल हुन सकेको छ। बाँकी दुई खेल आधा भएका छन्। यसरी दुई तिहाइभन्दा धेरै खेल रद्द भएपछि राष्ट्रिय खेलकुद नै छायामा परेको छ।

यद्यपि राष्ट्रिय खेलकुदअन्तर्गत ३४ औं राष्ट्रिय पुरुष टी २० क्रिकेटमा विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले जित हात पारेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ७६ रनले हरायो। पुलिसले दिएको २ सय ५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर जम्मा १२८ रनमात्र बनाउन सक्यो। बसिर एहमदले नटआउट ४६ तथा सौरभ खनालले २४ रन जोडे।

बलिङमा पुलिसका ललित राजवंशीले ३ तथा करण केसीले २ विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा ४ विकेट गुमाएर २ सय ४ रनको कुल योगफल तयार पारेको थियो। उसका लागि कुशल भुर्तेल सर्वाधिक ७५ रन बनाए भने आरिफ शेखले ५० रनको अर्धशतकीय पारी खेलेका थिए।

लुम्बिनीका लागि बलिङमा बसिर एहमद, अनिल खरेल, दीपेन्द्र रावत तथा विशाल विक्रम केसीले समान १–१ विकेट लिए।

kumari

जितसँगै पुलिस ३ खेलमा ७ अंक बटुल्दै समूह ‘ए’ को शिर्ष स्थानमा उक्लिएको छ। कीर्तिपुरमै भएको पहिलो खेलमा अर्को विभागीय टोली आर्मीले मधेश प्रदेशलाई ६ विकेटले हराएको थियो।

मधेशले दिएको १ सय ५ रनको सामान्य लक्ष्य आर्मीले १८.१ ओभरमा जम्मा ४ विकेट गुमाउँदै पूरा गरेको थियो। आर्मीका विनोद भण्डारीले नटआउट ३४ रन बनाए भने रोहित पौडेलले २५ रन बनाएका थिए। अर्जुन साउदले १७ तथा राजेश पुलामीले नटआउट १६ रनको पारी खेले।

मधेशका लागि बलिङमा आदील आलम, रुपेश सिंह र हरिशंकर शाहले समान १–१ विकेट हात पारेका थिए।

यसअघि पहिले ब्याटिङ गर्दै मधेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४ रनको कुल योगफल खडा गरेको थियो। उसका सन्तोष कार्कीले २१, हासिम अन्सारीले २० तथा रोहण बिकले नटआउट १७ रन जोडे।

आर्मीका सोमपाल कामी र सुशन भारीले समान २–२ विकेट लिएका थिए। उता मूलपानी किकेट मैदानमा दुई खेल वर्षाका कारण हुन सकेन।

प्रकाशित: Sep 13, 2022| 12:55 मंगलबार, भदौ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।