सोमबार, चैत २, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • विश्वका उत्कृष्ट १० युवामा परे दृष्टिबिहीन प्राध्यापक लामिछाने 

विश्वका उत्कृष्ट १० युवामा परे दृष्टिबिहीन प्राध्यापक लामिछाने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- जापानको सुकुवा विश्वविद्यालयका एसोसिएट प्रोफेसर डा. कमल लामिछाने जेसीआई (जुनियर चेम्बर इन्टरनेसनल) को विश्वका १० उत्कृष्ट युवाको छनोटमा परेका छन्। 

जेसीआई एक गैरनाफामुलक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो। एक सय २४ भन्दा बढी राष्ट्रमा यसका सदस्य र कार्यालय छन्। यसको सदस्य हुने प्रावधानमा १८ वर्षभन्दा माथि र ४० वर्षभन्दा मुनिको उमेर समूह राखिएको छ।

विश्वका १० उत्कृष्ट व्यक्तिको सूचीमा छानिन अनलाइनबाट भोट हाल्नुपर्छ। र, अधिकांश नेपालीले कमल लामिछानेलाई भोट हालेर ‘एकडेमिक लिडरसिप एन्ड एक्कम्पिस्मेन्ट’ समूहको सूचीमा छनोट गरेका हुन्। पहिलो चरणको छनोट प्रक्रियापछि अनलाइन भोटिङको व्यवस्था गरिएको थियो। जेसीआईको विश्वका १० उत्कृष्ट व्यक्तिको सूचीमा छानिन निर्णायकहरूको भूमिकाका साथै अनलाइन भोटिङको महत्वपूर्ण भूमिका हुन्छ। 

डा. लामिछाने दृष्टिविहीन व्यक्ति हुन्। उनी अत्यन्तै मेधावी विद्यार्थी थिए। जापान सरकारको जाइकाअन्तर्गत् ‘भिजिटिङ स्कलर’का रूपमा काम गरिसकेका व्यक्ति पनि हुन्। उनले विभिन्न अन्तर्राष्ट्रिय जर्नलका साथै ख्यातिप्राप्त राष्ट्रिय/अन्तर्राष्ट्रिय पत्रपत्रिकामा लेख रचनाहरू पनि प्रकाशित गर्छन्। 

विश्वका १० उत्कृष्ट व्यक्तिको सूचीमा छानिन सफल भएपछि डा. लामिछानेले आफ्नो सफलताको सम्मान नेपाल र नेपालीहरूमा समर्पित गरेका छन्। उनले भनेका छन्, ‘यो अभियानबाट मानिसहरूमा थोरै भए पनि अपांगताप्रति जनचेतना जगाउन सकिएला र सँगसँगै आगामी दिनहरूमा नेपालबाट जेसीआईलगायत मञ्चमा हाम्रो प्रतिनिधित्व धेरैभन्दा धेरै हुने आशा राख्न सकिन्छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।