शनिबार, असार २१, २०८२

च्याम्पियन्स लिगमा बार्सिलोना र वायर्न म्युनिख भिड्दै

युरोपियन च्याम्पियन्स लिगअन्तर्गत आज मंगलबार समूह चरणको दोस्रो खेलमा समूह सीका वायर्न म्युनिख र स्पेनिस महारथी बार्सिलोना खेल्दैछन्।
 |  मंगलबार, भदौ २८, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २८, २०७९

vianetvianet

काठमाडौं– युरोपियन च्याम्पियन्स लिगअन्तर्गत आज मंगलबार समूह चरणको दोस्रो खेलमा समूह सीका वायर्न म्युनिख र स्पेनिस महारथी बार्सिलोना खेल्दैछन्। प्रतियोगितामा यो समूहलाई ग्रुप अफ डेथ को रुपमा हेरिएको छ। वायर्न म्युनिखको मैदानमा हुने खेल नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ। 

सन् २०२० को च्याम्पियन्स लिगको सेमिफाइनलमा वायर्न म्युनिखले बार्सिलोनालाई ८–२ को विशाल अन्तरले पराजित गरेको थियो। बार्सिलोना नयाँ खेलाडीका साथ वायर्नसँग बदला लिने लक्ष्यमा छ। 

च्याम्पियन्स लिगमा बार्सिलोना र वायर्न म्युनिखले अहिलेसम्म ११ खेल खेलेका छन्। जसमा बार्सिलोना आठ खेलमा पराजित भएको छ। बार्सिलोनाले अहिलेसम्म वायर्न म्युनिखलामई अवे मैदानमा पराजित गर्न सकेको छैन।

ट्रान्सफर विन्डोमा धेरै खेलाडीहरु किनबेच गरेको बार्सिलोना यो सिजन सबैभन्दा उत्कृष्ट लयमा रहेको छ। बार्सिलोनाले वायर्न म्युनिखकै मुख्य फर्वाड लेवान्डोस्कीलाई पनि आफ्नो क्लबमा भित्र्याएको छ। नयाँ सिजनको सुरुवातसँगै उत्कृष्ट लयमा रहेको बार्सिलोना अपराजित रहेको छ।  

उता वायर्न म्युनिखले भने सोचेअनुसारको खेल प्रदर्शन गर्न सकिरहेको छैन। आफ्ना मुख्य फर्वाड लेवान्डोस्कीको स्थानमा वायर्नमा लिभरपुलका अफ्रिकन फर्वाड साडियो मानेलाई अनुबन्ध गरेको थियो। तर पछिल्ला खेलहरुमा माने पनि गोलविहीन रहेका छन्।

समूह चरणको पहिलो खेलमा आ–आफ्नो खेल जितेका यी दुई क्लबको समान तीन अंक रहेको छ। तर गोल अन्तरको आधारमा बार्सिलोना समूह तालिकाको शीर्ष स्थानमा रहेको छ। यसै समूहमा इटालियन क्लब इन्टर मिलान र चेक रिपब्लिकको क्लब एपसी भिक्टोरिया प्लेजन रहेका छन्। दुवै टोली अंकविहीन रहेका छन्।

सम्भावित प्लेइङ-११ 
बार्सिलोनाः (४–३–३) टेर स्टेगन (गोलकिपर), कोउन्डे, अराउखो, एरिक गार्सिया, जोडी अल्बा, सर्जियो वुस्केट्स (कप्तान), पेड्र, गाभी, लेवान्डोस्की, डेम्बेले र राफिन्हा

वायर्न म्युनिखः (४–२–३–१) म्यानुयल न्योर (गोलकिपर तथा कप्तान), पाभार्ड, उपामेकानो, हर्नान्डेज, डेभिस, थोमस मुलर, किमिच, साबिट्जर, मुसियाला, लेरोइ साने र साडियो माने

प्रकाशित: Sep 13, 2022| 19:50 मंगलबार, भदौ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।