बुधबार, साउन २०, २०८३

चिनियाँ सभामुख लीले भेटे एमाले अध्यक्ष ओली

भेटमा अध्यक्ष ओलीसहित नेताहरु सुवासचन्द्र नेम्बाङ, राजन भट्टराई, अष्टलक्ष्मी शाक्य, विष्णु रिमाललगायत सहभागी थिए।
 |  मंगलबार, भदौ २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २८, २०७९

काठमाडौं– सोमबार नेपाल भ्रमणमा आएका चिनियाँ सभामुख ली चाङ्सु र प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी ओलीबीच संघीय संसद् भवन नयाँ बानेश्वरमा भेटवार्ता भएको छ। दुवै नेताबीच मंगलबार बिहान १० बजे भेटवार्ता भएको एमालेले बताएको हो। 

भेटमा अध्यक्ष ओलीसहित नेताहरु सुवासचन्द्र नेम्बाङ, राजन भट्टराई, अष्टलक्ष्मी शाक्य, विष्णु रिमाललगायत सहभागी थिए। लीले मंगलबार बिहान राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग पनि भेटवार्ता गरेका थिए।

लीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटवार्ता गर्ने कार्यसूची रहेको छ। चिनियाँ सभामुखसहितको प्रतिनिधिमण्डलले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गर्ने कार्यसूची परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ।

प्रकाशित: Sep 13, 2022| 11:33 मंगलबार, भदौ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...