मंगलबार, फागुन १९, २०८२

राष्ट्रव्यापी पावर लिफ्टिङ भदौ ३१ गतेबाट

संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पावर लिफ्टिङ प्रतियोगिताबारे जानकारी दिएको हो।
 |  मंगलबार, भदौ २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २८, २०७९

kumari

काठमाडौं- नेपाल पावर लिफ्टिङ संघको आयोजनामा दोश्रो रुप कार्की स्मृति राष्ट्रव्यापी पावर लिफ्टिङ प्रतियोगिता भदौ ३१ देखि असोज १ गतेसम्म हुने भएको छ।

संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पावर लिफ्टिङ प्रतियोगिताबारे जानकारी दिएको हो। प्रतियोगितामा पुरुषतर्फ १० र महिलामा चार तौलसमूहमा प्रतिस्पर्धा हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष सुन्दर भुसालले जानकारी गराए। पुरुष जुनियर २१ वर्षमुनि र सिनियर ४५ वर्षमाथि उमेरसमूहमा पनि खेल हुनेछ। कुल पुरस्कार राशी ५ लाख ८५ हजार रुपैयाँ रहेको छ।

त्यसमा पुरुष/महिलामा ओभरअल विजेताले समान १-१ लाख नगद पुरस्कार पाउने छन्। एक सय ५० खेलाडीको सहभागिता रहने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ।

प्रकाशित: Sep 13, 2022| 10:32 मंगलबार, भदौ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।