सोमबार, असार १, २०८३

चाड र चुनाव नजिकिएपछि बढ्न थाल्यो निक्षेप

भदौको पहिलो साता ७ अर्ब ७२ करोड रुपैयाँले घटेको निक्षेप दोस्रो सातादेखि ५१ करोड रुपैयाँले मात्र बढेको थियो। त्यसपछि भने निक्षेप बढ्न थालेको बैंकले जनाएको छ।
 |  मंगलबार, भदौ २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २८, २०७९

काठमाडौं- पछिल्लो साता वाणिज्य बैंकहरुमा निक्षेप बढ्न थालेको छ। नेपाल बैंकर्स संघका अनुसार गत साता मात्र वाणिज्य बैंकहरुको निक्षेप ७ अर्ब ५१ करोड रुपैयाँले बढेको छ। अघिल्लो साता बैंकहरुको निक्षेप ११ अर्ब ३० करोड रुपैयाँले बढेको थियो। 

National life

भदौको पहिलो साता ७ अर्ब ७२ करोड रुपैयाँले घटेको निक्षेप दोस्रो सातादेखि ५१ करोड रुपैयाँले मात्र बढेको थियो। त्यसपछि भने निक्षेप बढ्न थालेको बैंकले जनाएको छ।

त्यसैगरी भदौ लागेपछि कर्जा प्रवाह भने बढेको छ। गत साता बाणिज्य बैंकहरुले ६ अर्ब ८६ करोड रुपैयाँले कर्जा प्रवाह गरेका छन्। 

भदौको पहिलो साता वाणिज्य बैंकहरुले १ अर्ब ७३ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा दोस्रो साता १ अर्ब ३० करोड, तेस्रो साता १ अर्ब ६७ करोड र चौथो साता ६ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रबाह गरेको संघले जनाएको छ। 

चाडबाड नजिकिएसँगै रेमिट्यान्स आप्रवाहमा बढोत्तरी तथा चुनावी माहौलका कारण लुकेर रहेको पैसा बाहिर आउन थालेपछि निक्षेप बढ्न थालेको विश्लेषण गरिएको छ। 

Shivam cement

प्रकाशित: Sep 13, 2022| 09:47 मंगलबार, भदौ २८, २०७९
प्रतिक्रिया दिनुहोस्