सोमबार, असार १, २०८३

मानव विकास सूचकांकमा लगातार ओरालो यात्रामा नेपाल

प्रतिवेदनमा सन् २०२१ मा ८० प्रतिशत मुलुकको मावन विकास सूचकको अंक घटेको छ। कोरोना महामारी तथा यसले सिर्जना गरेका आर्थिक, समाजिक र मानसिक समस्याले गर्दा मावन विकास सूचांक ओरालो लागेको युएनडीपीले जनाएको छ।
 |  मंगलबार, भदौ २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २८, २०७९

काठमाडौं– नेपाल विश्वव्यापी मानव विकास सूचकांकमा ओरालो लागेको छ। सयुक्त राष्ट्र संघीय विकास कार्य्रकम (युएनडीपी) ले मानव विकास प्रतिवेदन २०२१/२२ सार्वजनिक गर्दै नेपाल लगातार दोस्रो वर्षपनि ओरालो लागेको जनाएको हो। 

National life

प्रतिवेदन अनुसार सन् २०२१ मा नेपालको अंक ०.६०२ रहेको छ। जुन अघिल्लो वर्षको तुलनामा ०.००२ अंकले घटेको हो। सन् २०२० मा ०.६०४ अंक पुगेको थियो। यो सन् २०१९ को तुलनामा ०.००७ अंकले घटेको हो। सन् २०२१ को प्रतिवेदन अनुसार संसारका १९१ देशमा नेपाल १४३औँ स्थानमा रहेको छ। सन् २०१९ मा नेपाल १४२ औँ स्थानमा थियो। 

प्रतिवेदनमा सन् २०२१ मा ८० प्रतिशत मुलुकको मावन विकास सूचकको अंक घटेको छ। कोरोना महामारी तथा यसले सिर्जना गरेका आर्थिक, समाजिक र मानसिक समस्याले गर्दा मावन विकास सूचकांक ओरालो लागेको युएनडीपीले जनाएको छ। 

सुचांकमा युएनडीपीले विभिन्न १३ वटा आयामलाई समेट्दै आइरहेको छ। लिंग, स्वास्थ्य, मानव सुरक्षा, चलायमानता र सञ्चार, अर्थसमाजिक दीगोपन, व्यापार तथा वित्तीय प्रवाह, रोजगारी, आय, असमानता, मानव विकास, जनसंख्या, शिक्षा र वातावरणीय दीगोपनका आधारमा नम्बर दिएर सूचक मापन गरिन्छ। 

सन् १९९० मा ०.३९९ रहेको अंक सन् २०२१ मा पुग्दा ०.६०२ मा पुगेको छ। यो बीचमा औसत आयु जन्मका आधारमा १३.६ वर्षले बढेको छ भने खूद राष्ट्रिय प्रतिव्यक्ति आम्दानी यो बीचमा १४६ प्रतिशतले बढेको युनएनडिपीले जनाएको छ। 

Shivam cement

प्रकाशित: Sep 13, 2022| 09:44 मंगलबार, भदौ २८, २०७९
प्रतिक्रिया दिनुहोस्