आइतबार, मंसिर ७, २०८२

खेल पत्रकार गौतम र राईलाई एनएसजेएफको सम्मान

एनएसजेएफ खेल पत्रकारिता पुरस्कारबाट वरिष्ठ पूर्व खेलकुद पत्रकार जयदेव गौतम र सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट गीता राई सम्मानित भएका हुन्।
 |  मंगलबार, भदौ २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २८, २०७९

काठमाडौं- नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले २७औं स्थापना दिवसको अवसरमा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा दुई जना खेल पत्रकारलाई सम्मान गरेको छ।

National life

एनएसजेएफ खेल पत्रकारिता पुरस्कारबाट वरिष्ठ पूर्व खेलकुद पत्रकार जयदेव गौतम र सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट गीता राई सम्मानित भएका हुन्।

हरेक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा एनएसजेएफले एक जना सिनियर र एक जुनियर खेल पत्रकारलाई सम्मान गर्ने गरेको छ। यसै मेसोमा यो वर्ष गौत र गिता राई सम्मानि भए।

पत्रकारलाई सम्मान गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले नेपाली खेलकुद पत्रकारितामा एनएसजेएफको भूमिका अहम रहेको बताएका छन्।  

प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले नेपाली खेलकुदलाई गतिशील बनाउन खेलकुद पत्रकारले उल्लेखनीय योगदान गरेको जनाएका छन्।

Laxmi sunrise bank
kumari

'खेलकुदको संवाहकको रुपमा रहेको यो मञ्च र नेपाली खेलकुदको सञ्चार गरिदिने महत्वपूर्ण जिम्मेवारी तपाईहरुले निर्वाह गर्दै आइरहनु भएको छ। नेपाली खेलकुदमा रहेका प्रतिभालाई अघी बढाउने कुरामा होस्,खेलकुदलाई गतिशिल बनाउन यहाँहरुले गर्नु भएको योगदानको प्रशंशा गर्न चाहन्छु', राखेप सदस्य सचिव घिसिङले भने।

खेल पत्रकारिता अवार्डस्वरूप गौतमलाई २५ हजार रुपैयाँ प्रदान गरिएको छ। स्व. सुमन भोम्जन युवा खेलकुद पत्रकारिता अवार्डबाट पुरस्कृत राईलाई ल्यापटप प्रदान गरिएको छ।

प्रकाशित: Sep 13, 2022| 09:21 मंगलबार, भदौ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।