शनिबार, मंसिर ६, २०८२

एसिया कप छनोटमा नेपालको लगातार दोस्रो हार

बहराइनमा जारी यू-२० एसिया कप छनोटमा नेपालले लगातार दोस्रो हार बेहोरेको हो।
 |  मंगलबार, भदौ २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २८, २०७९

काठमाडौं- सोमबार राति नेपाली यू-२० टिमले कतारको यू-२० टिमसँग ३-१ को हार बेहोरेको छ। बहराइनमा जारी यू-२० एसिया कप छनोटमा नेपालले लगातार दोस्रो हार बेहोरेको हो।

National life

शेख अलि विन मोहम्मद अल खलिफा रंगालामा नेपालले पहिलो हाफमा  दुई गोलको सामना गरेको थियो भने दोस्रो हाफमा कतारले एक गोल थप्यो। त्यस्तै, ७६ औं मिनेटमा जासिमल मोहम्मदले आफ्नै पोस्टमा गोल गरेपछि नेपालको खातामा एक गोल देखिएको छ।

यता कतारका लागि मोहम्मद मन्सुर अली र मोहम्मद सुरागले गोल गर्दै अग्रता दिलाएका थिए। त्यस्तै खेलको ६०औं मिनेटमा राशिख अब्दुलाजिजले कतारको लागि तेस्रो गोल गरेका थिए। यससँगै नेपालको हार निश्चित भएको थियो।

अब नेपालले अर्को खेलमा आयोजक बहराइनसँग पनि खेल्नेछ। यो खेल आउँदो बुधबार यहि शेख अलि विन मोहम्मद अल खलिफा रंगशालामा हुनेछ। त्यस्तै, नेपालले चौथो तथा अन्तिम खेलमा बंगलादेशसँग आउँदो आइतबार खेल्ने तालिका रहेको छ।

यो समूहको विजताले अर्को वर्ष उज्वेकिस्तानमा हुने एसिया कपमा स्थान बनाउने छ। तर नेपालले पहिलो खेलमा भुटान र दोस्रो खेलमा कतारसँग हार बेहोरेर आफ्नो सम्भावना कम बनाइसकेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 13, 2022| 09:07 मंगलबार, भदौ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।