आइतबार, भदौ १४, २०८३

महिला साफ : समूह विजेता बन्न भारत र बंगलादेश भिड्ने

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो एक बजे हुने खेलमाा माल्दिभ्सले पाकिस्तानको सामना गर्नेछ।
 |  मंगलबार, भदौ २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २८, २०७९

काठमाडौं- काठमाडौंमा जारी महिला साफ च्याम्पियनसिपमा आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो एक बजे हुने खेलमाा माल्दिभ्सले पाकिस्तानको सामना गर्नेछ। यी दुवै देशले आफ्ना पहिलो दुई खेलमा भारत र बंगलादेशसँग हार बेहोरिसकेका छन्। 

लामो समयको प्रतिबन्धपछि पाकिस्तानी महिला टिम आठ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको छ। त्यसैले ऊ यो प्रतियोगिताबाट सान्त्वना जित भए पनि निकाल्न चहान्छ।

यता आजै साढे पाँच बजे हुने खेलमा भने समूह विजेता बन्नका लागि बंगलादेश र भारतले प्रतिस्पर्धा गर्दैछन्। दुई खेल जितेर दुवैले समान ६-६ अंक बनाएका छन्। र, आजको खेलमा जसले जित निकाल्छ उक्त टिम समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्नेछ।

समूह विजेता बन्ने टिमले भुटानको सामना गर्नेछ भने उपविजेता बन्ने टिमले नेपालको। त्यसैले बंगलादेश र भारत दुवैको चहाना घरेलु टिम नेपालसँग आफ्नो खेल नपरोस् भन्ने छ। यसकारण आज बंगलादेश र भारतको खेल निकै प्रतिस्प्रधात्मक हुने देखिन्छ। यता माल्दिभ्स र पाकिस्तानको भने आज अन्तिम खेल रहेको छ।

प्रकाशित: Sep 13, 2022| 08:28 मंगलबार, भदौ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।