शनिबार, मंसिर ६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • यू-१७ साफ : श्रीलंकाविरुद्ध नेपालको सानदार जित, फाइनलमा नेपाल र भारत भिड्ने

यू-१७ साफ : श्रीलंकाविरुद्ध नेपालको सानदार जित, फाइनलमा नेपाल र भारत भिड्ने

कोलम्बोमा सम्पन्न भएको खेलमा नेपालले आयोजक श्रीलंकालाई ६–० ले हराएर फाइनलमा स्थान बनाएको हो।
 |  मंगलबार, भदौ २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २८, २०७९

काठमाडौं- श्रीलंकामा जारी यू १७ साफ च्याम्पियनसिपमा नेपालले सोमबार राति सानदार जित निकाल्दै फाइनल प्रवेश गरेको छ। कोलम्बोमा सम्पन्न भएको खेलमा नेपालले आयोजक श्रीलंकालाई ६–० ले हराएर फाइनलमा स्थान बनाएको हो।

National life

अब नेपालले फाइनलमा भारतको सामना गर्ने भएको छ। सिंगल राउन्ड रोबिन शैलीमा भएको प्रतियागिताका शीर्ष दुई टिम सेमिफाइनलमा पुगेका थिए। सेमिफाइनलमा श्रीलंकालाई हराएसँगै नेपालले फाइनलको यात्रा तय गरेको हो।

यता भारतले चाहिँ बंगलादेशलाई २–१ ले हराएपछि नेपालसँगै भारतले पनि फाइनलमा स्थान बनाएको हो। यता नेपालले गएको शुक्रबार भने भारतलाई ३–१ ले हराएको थियो।

गएरातिको खेलमा नेपालका स्किपर प्रकाश लक्समले खेलको २२औं मिनेटमै पेनाल्टीको सहयातामा अग्रता बनाएका थिए। हरिश राज भट्टले त्यो अग्रता २४औं मिनेटमै दोब्बर पारे। बमले खेलको ३१औं मिनेटमै नेपाललाई तीन गोलको अग्रता दिलाएका थिए।

पहिलो हाफमा सानदार प्रदर्शन गरेको नेपालले श्रीलंकाको डिफेन्डर र गोलकिपरबीच बुझाइमा भएको गल्तीको फाइदा उठाउँदै ३८ मिनेटमा अर्को गोल गरेको थियो। निरज कार्कीले गोलकिपरलाई बिट गर्दै गोल गरेका थिए। 

Laxmi sunrise bank
kumari

दोस्रो हाफमा पनि श्रीलंकाकै गल्तीले नेपाली खेलाडी उनेस बुढाथोकीले गोल गरे भने सिजल राईले अन्तिम मिनेटमा गोल गरे। यससँगै नेपालले ६–० को सानदार जित निकालेको हो। अब फाइनल खेल सेप्टेम्बर १४ मा  हुनेछ।

प्रकाशित: Sep 13, 2022| 08:01 मंगलबार, भदौ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।