सोमबार, असार १, २०८३

केराउ, सुपारी र मरिचको आयात खोलियो

सरकारले केराउ, सुपारी र कालो मरिचको आयात प्रतिबन्ध खुला गरेको छ। राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले केराउ, सुपारी र कालो मरिचको आयात प्रतिबन्ध खुला गरेको हो।
 |  मंगलबार, भदौ २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २८, २०७९

काठमाडौं- सरकारले केराउ, सुपारी र कालो मरिचको आयात प्रतिबन्ध खुला गरेको छ। राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले केराउ, सुपारी र कालो मरिचको आयात प्रतिबन्ध खुला गरेको हो।

National life

यी तीन वस्तुको आयातमा गत आर्थिक वर्षदेखि सरकारले प्रतिबन्ध लगाएको थियो। सरकारले प्रतिबन्ध खोल्दै केराउ, सुपारी र कालो मरिचको आयात औद्योगिक कच्चा पदार्थका रूपमा गर्न मिल्ने जनाएको छ।

‘उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ, केराउ, सुपारी र कालो मरिचको पैठारीलाई व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि, २०७८ को प्रक्रिया पुरा गरेर चालू आर्थिक वर्षका लागि मात्र कच्चा पदार्थको रूपमा पैठारी गर्न अनुमति दिने निर्णय भएको छ,’ प्रकाशित राजपत्रमा भनिएको छ। 

यसअघि सरकाले राजपत्रमा सूचना निकालेर २०७६ को चैत २४ गतेदेखि यी वस्तुको आयात प्रतिबन्ध लगाइएको जनाएको थियो।

प्रकाशित: Sep 13, 2022| 07:25 मंगलबार, भदौ २८, २०७९
प्रतिक्रिया दिनुहोस्