शनिबार, वैशाख १५, २०८१

'साफमा बाँकी नै छ नेपाली डिफेन्डर र गोलकिपरको परीक्षा'

नेपालले जित निकाल्नमा भाग्य साथ दिएको बताएका उनले सुरुमा नै गोल हान्ने हतारोलाई व्यवस्थापन गर्न बाँकी रहेको उल्लेख गरे। 'यो कुराले मलाई दुःखी बनाएको छ। यद्यपि नतिजा राम्रो भएर खुसी पनि छु,’ उनले भने।
 |  सोमबार, भदौ २७, २०७९

विनय सापकोटा

विनय सापकोटा

सोमबार, भदौ २७, २०७९

काठमाडौं- सोमबार साँझ नेपालसँग ६-० को हार व्यहोरेसँगै श्रीलंकाले छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप यात्रामा पूर्णविराम लगाएको छ। समूह 'बी' विजेता बन्दै सेमिफाइनल पुगेको नेपालसँगै भारत, भूटान र बंगलादेश पनि छन्। 

triton college

सोमबारको खेलपछि दशरथ रंगशालामा कुराकानी गर्दै नेपाली टिमका प्रशिक्षक कुमार थापाले नतिजा सन्तोषजनक भएपनि खेलाडीको हतारले भने दुःखी बनाएको बताए। नेपालले जित निकाल्नमा भाग्य साथ दिएको बताएका उनले सुरुमा नै गोल हान्ने हतारोलाई व्यवस्थापन गर्न बाँकी रहेको उल्लेख गरे। 'यो कुराले मलाई दुःखी बनाएको छ। यद्यपि नतिजा राम्रो भएर खुसी पनि छु,’ उनले भने। 

नेपालको जितका लागि रश्मीकुमारी घिसिङ, सरु लिम्बू, अमृता जैसी, दीपा शाही र अमिषा कार्कीले गोल गरेका थिए। रोचक कुरा त यो छ कि दीपा र अमिषाले अघिल्लो खेलमा मात्र डेब्यू गरेका थिए। यो उनीको डेब्यू गोल रह्यो भने रश्मीले पनि राष्ट्रिय टिमबाट गोलको खाता खोलेकी छन्। गोलले आफूलाई खुसी बनाएको रश्मीको भनाइ छ। 

‘गोल गर्न पाएकोमा एकदमै खुसी लागको छ। प्रशिक्षकले मलाई मौका दिनु भएको थियो। र, मैले मौका गुमाइनँ,’ प्लेयर अफ दि म्याचसमेत बनेकी रश्मीले भनिन्।

अघिल्लो खेलमा डेब्यू गरेका दीपा र अमिषाबारे प्रशिक्षक कुमार थापा सन्तुष्ट सुनिए। ‘दीपा र अमिषाले राम्रो गरेका छन्। मैले डेब्यू गराएको खेलाडीले राष्ट्रिय टिमबाट डेब्यू गोल गरेर उनीहरुले आफ्नो उपस्थिति सावित गरेका छन्,' उनले थपे, 'आज दीपालाई रिकभर गर्नका लागि हामीले रेस्ट दिएको हो।’ त्यसो त दोस्रो हाफमा मात्र मैदान छिरेकी अमिषाले पहिलो पटक अन्तर्राष्ट्रिय खेलमा दुई गोल गरिन्। 

corrent noodles
Metro Mart

खेलपछि पत्रकारसँग कुरा गदै श्रीलंका प्रशिक्षक चामिन्डा निल स्टेनवलले नेपालको टिम अरु टिमको तुलनामा टेक्निकल्ली ठिक रहेको, कनेक्सन राम्रो भएको साथै अफेन्सिभ र डिफेन्सिभ सबै पोजिसजनमा समान भएको कारण उसका लागि जित सम्भव भएको बताए।

रंगशालामा सोमबार साँझ २ हजार ६ सय समर्थकमाझ नेपालले सुरुबाटै श्रीलंकाविरुद्ध दबाब बनाउन सुरु गरको थियो। विपक्षीको क्षेत्रमा पूर्ण हाबी भएको नेपालले १०औं मिनेटमै रश्मीको गोलबाट अग्रता बनाउन सक्यो। हिराकुमारी भुजेलले पोस्टको बायाँ साइडबाट क्रस दिएपछि रश्मीले हेडमार्फत् आकर्षक गोल गरेकी थिइन्। त्यस्तै कम्बिनेसन पुनम जर्घा मगर र सरुको पनि देखियो। त्यो अग्रतालाई लिम्बूले पहिलो गोलको अर्को मिनेटमै दोब्बर बनाएकी थिइन्।


प्रकाशित: Sep 12, 2022| 21:50 सोमबार, भदौ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।