मंगलबार, साउन १९, २०८३

कमल थापाले भेटे राष्ट्रपति भण्डारी

पछिल्लो समय नागरिकता विधेयक फिर्ता गरेको भन्दै थापाले भण्डारीको कदमको प्रशंशा गर्दै आएका छन्। नागरिकता विधेयककै विषयमा उनीहरू बीच छलफल भएको आकलन गरिएको छ। यद्यपि दुवै पक्षले भेटमा भएका कुराकानीको विषय सार्वजनिक गरेका छैनन्।
 |  सोमबार, भदौ २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २७, २०७९

काठमाडौं- राष्ट्रपति विद्यादेबि भण्डारी र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भेटघाट भएको छ। राष्ट्रपति कार्यालय शितलनिवासमा सोमबार भएको भेटघाटका क्रममा मुलुकको समसामयिक बिषयमा कुराकानी भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

पछिल्लो समय नागरिकता विधेयक फिर्ता गरेको भन्दै थापाले भण्डारीको कदमको प्रशंशा गर्दै आएका छन्। नागरिकता विधेयककै विषयमा उनीहरू बीच छलफल भएको आकलन गरिएको छ। यद्यपि दुवै पक्षले भेटमा भएका कुराकानीको विषय सार्वजनिक गरेका छैनन्। 

विधेयक फिर्ता गरेपछि भण्डारीले नेताहरूलाई शीतलनिवास बोलाएर छलफल गर्दै आएकी छन्। 

प्रकाशित: Sep 12, 2022| 21:03 सोमबार, भदौ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...