शनिबार, मंसिर ६, २०८२

अमिषाका दुई गोलमा नेपाल ६-० ले विजयी

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन अमिषा कार्कीले दुई गोल गरिन्। यस्तै कुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दिपा शाहीले एक एक गोल गरे।
 |  सोमबार, भदौ २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २७, २०७९

काठमाडौं- घरेलु मैदानमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल सेमिफाइनल प्रवेश गरेको छ। सोमबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६-० हराउँदै अन्तिम चारमा यात्रा पक्का गरेको हो। 

National life

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन अमिषा कार्कीले दुई गोल गरिन्। यस्तै कुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दिपा शाहीले एक एक गोल गरे।

खेलको नवौं मिनेटमा रश्मीले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन्। ११औं मिनेटमा सरुले, १७ औं मिनेटमा अमृताले र पहिलो हाफको इन्जुरी समयमा दिपाले गोल गरेपछि नेपालले पहिलो हाफमा ४-० को अग्रता बनायो।

७६औं मिनेटमा अमिषाले र दोस्रो हाफको पनि इन्जुरी समयमा अमिषाले नै दोस्रो गोल गरेपछि नेपालको पक्षमा सहज जित निस्किएको हो। उता श्रीलंकाले भने नेपालविरुद्ध गोल गर्न सकेन।

जितसँगै समूह 'बी' को नेपालले ६ अंक जोडेको छ। भुटान यो समूहको उपविजेता बनेको छ। भुटानले २ खेलमा ३ अंक जोड्यो। दुवै खेल हारेपछि श्रीलंका भने बाहिरिएको छ।  

Laxmi sunrise bank
kumari

समूह 'ए' बाट भारत र बंगलादेशले अन्तिम चारमा स्थान बनाएका छन्। श्रीलंकासँगै माल्दिभ्स र पाकिस्तान बाहिरिसकेका छन्।

प्रकाशित: Sep 12, 2022| 19:38 सोमबार, भदौ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।