सोमबार, असार १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नेपाल-चीनबीच अन्तर-संसदीय सहयोगसम्बन्धी ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर [पत्रसहित]

नेपाल-चीनबीच अन्तर-संसदीय सहयोगसम्बन्धी ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर [पत्रसहित]

नेपाल र चीनबीच अन्तर-संसदीय सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। सभामुख अग्‍निप्रसाद सापकोटा र तीन दिने नेपाल भ्रमणका आएका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लि जान्सुबीच अन्तर संसदीय सहयोग सम्बन्धी ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको हो।
 |  सोमबार, भदौ २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २७, २०७९

काठमाडौं- नेपाल र चीनबीच अन्तर-संसदीय सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। सभामुख अग्‍निप्रसाद सापकोटा र तीन दिने नेपाल भ्रमणका आएका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लि जान्सुबीच अन्तर संसदीय सहयोग सम्बन्धी ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको हो। 

National life

समझदारी पत्रमा दुबै पक्षले राष्ट्र र जनताबीचको द्विपक्षीय सम्बन्ध थप गहन बनाउन र सहयोगमा योगदान पुर्‍याउन बहुआयामिक माध्यमबाट सबै तहमा अन्तर-संसदीय आदानप्रदान र सहयोग सुदृढ गर्ने प्रयास गर्ने उल्लेख गरिएको छ। 

त्यसैगरी समझदारी पत्रको पाँचौं बुँदामा भनिएको छ, 'दुबै पक्षले एकअर्काको विधायिकी, सुपरिवेक्षकीय र शासन सञ्‍चालनसमबन्धी अभ्यासका बारेमा जानकारी आदानप्रदान गर्ने र दुई सरकारबीच सहमति भएबमोजिम बेल्ट एन्ड रोड इनिसिएटिभमार्फत समेत दुई राष्ट्रबीच अन्तर आवद्धता अभिवृद्धि गरी पारस्परिक लाभको सहयोगमा सहजीकरण गर्न महत्व दिनेछ।' 

समझदारीपत्रमा सभामुख सापकोटा र चिनियाँ राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष लि जान्सुले हस्ताक्षर गरेका छन्। 

सभामुख सापकोटाको निमन्त्रणामा चिनियाँ स्थायी समितिका अध्यक्ष ली जान्सुबीच सोमबार साँझ नयाँ बानेश्वरस्थित संसद्‍ भवनमा शिष्टाचार भेटवार्ता भएको छ। संसद्‍ सचिवालयका अनुसार संसद्‍ भवनमा अध्यक्ष लीलाई सभामुख सापकोटाले स्वागत गरेका थिए। त्यसपछि दुई जना बीचमा शिष्टाचार भेटवार्ता भएको हो।

Shivam cement

चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली सोमबार करिब ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका थिए। नेपालको चार दिने भ्रमणमा आएका लीको भेटवार्ता सभामुख सापकोटासँगको भेटसँगै सुरुआत भएको हो।

भेटका क्रममा दुई मुलुकको संसद् र यसबारे कामकारबाहीबारे विचार आदानप्रदान भएको बताइएको छ। सोमबार सभामुख सापकोटाले चिनियाँ समकक्षी लि बस्‍ने होटल सोल्टीमा रात्रिभोज दिने कार्यक्रम छ। 

भ्रमणका क्रममा चिनियाँ नेता लीले प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री एवं प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओली लगायत नेताहरूसँग भेट गर्ने कार्यतालिका छ।

प्रकाशित: Sep 12, 2022| 18:58 सोमबार, भदौ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...