सोमबार, पुस २८, २०८२

बागमतीका मुख्यमन्त्रीले भने- वडास्तरबाटै ल्याउँछौं समाजवाद

योजना आयोग बागमती प्रदेशको मानव विकास प्रतिवेदन लोकार्पण कार्यक्रममा उहाँले देशमा समाजवाद ल्याउन वडास्तरमा समाजवाद स्थापना हुनुपर्ने बताए।
 |  सोमबार, भदौ २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २७, २०७९

हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले वडास्तरबाटै जनताको जीवनस्तरमा सुधार ल्याएर समाजवादको सुरुवात गरिने बताएका छन्। योजना आयोग बागमती प्रदेशको मानव विकास प्रतिवेदन लोकार्पण कार्यक्रममा उहाँले देशमा समाजवाद ल्याउन वडास्तरमा समाजवाद स्थापना हुनुपर्ने बताए।

National life

मुख्यमन्त्री पाण्डेले भने, 'बागमती प्रदेशका एक सय १९ वटा वडामा समाजवादी वडा कार्यक्रम ल्याउन लागिएको छ । शिक्षा, स्वास्थ्य र रोजगारीबाट वञ्चित समुदाय रहेका वडा छनोट गरेर नयाँ कार्यक्रम बनाइनेछ।' 

उनले आदर्शवान व्यक्तित्व निर्माणको लागि रोजगारीको व्यवस्था गरिनुपर्ने र उक्त कार्यको लागि प्रदेश सरकारले काम गरिरहेको बताए।

सीपयुक्त जनशक्ति उत्पादन गरेर देश विकास गर्न, अर्थतन्त्र बलियो बनाउन र बाहिर सीपयुक्त जनशक्ति पठाएर धेरै रकम भित्राउन सकिने भएकाले सीप सिकाउनका लागि रु १५ करोड बजेट विनियोजन गरिएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । 

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपती डा. विश्वराज जोशीले मानव विकास भनेको भौतिक पूर्वाधार विकास मात्र नरहेको बताए। उनले उत्पादन र वितरणलाई विशेष ध्यान दिएर अर्थतन्त्र बलियो बनाउनुपर्नेमा जोड दिए। 

Laxmi sunrise bank
kumari

मकवानपुरगढी गाउँपालिका उपप्रमुख मानकुमारी पाख्रिनले गाउँमा सस्तो मूल्यमा जगा किनेर छोड्नेको सङ्ख्या बढेकाले पनि जमिन बाँझो भएर उत्पादनमा कमी आएको बताए।

प्रकाशित: Sep 12, 2022| 22:00 सोमबार, भदौ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।