सोमबार, असार १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • संसद्‌ भवनमा सभामुख सापकोटा र चिनियाँ समकक्षीबीच भेटवार्ता, सोल्टीमा रात्रिभोज

संसद्‌ भवनमा सभामुख सापकोटा र चिनियाँ समकक्षीबीच भेटवार्ता, सोल्टीमा रात्रिभोज

सभामुख अग्‍निप्रसाद सापकोटा र नेपाल भ्रमणमा आएका चिनियाँ जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली जान्सुबीच सोमबार साँझ नयाँ बानेश्वरस्थित संसद्‍ भवनमा शिष्टाचार भेटवार्ता भएको छ।
 |  सोमबार, भदौ २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २७, २०७९

काठमाडौं- सभामुख अग्‍निप्रसाद सापकोटा र नेपाल भ्रमणमा आएका चिनियाँ जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली जान्सुबीच सोमबार साँझ नयाँ बानेश्वरस्थित संसद्‍ भवनमा शिष्टाचार भेटवार्ता भएको छ।

National life

संसद्‍ सचिवालयका अनुसार संसद्‍ भवनमा अध्यक्ष लीलाई सभामुख सापकोटाले स्वागत गरेका थिए। त्यसपछि दुई जना बीचमा शिष्टाचार भेटवार्ता भएको हो ।

चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली सोमबार करिब ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका थिए। नेपालको चार दिने भ्रमणमा आएका लीको भेटवार्ता सभामुख सापकोटासँगको भेटसँगै सुरुआत भएको हो।

भेटका क्रममा दुई मुलुकको संसद् र यसबारे कामकारबाहीबारे विचार आदानप्रदान भएको बताइएको छ। सोमबार सभामुख सापकोटाले चिनियाँ समकक्षी लि बस्‍ने होटल सोल्टीमा रात्रिभोज दिने कार्यक्रम छ। 

भ्रमणका क्रममा चिनियाँ नेता लीले प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री एवं प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओली लगायत नेताहरूसँग भेट गर्ने कार्यतालिका छ ।

Shivam cement


प्रकाशित: Sep 12, 2022| 17:54 सोमबार, भदौ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...