सोमबार, असार १, २०८३

मोटरहेड तथा टारोको एक्स्चेञ्ज क्याम्प सञ्चालन

एसजि गु्रप अन्तर्गत नेपालका लागि आधिकारिक वितरक मोटरहेड तथा टारो ब्राण्डले आज सोमबारदेखि एक्स्चेञ्ज क्याम्प सञ्चालन गरेका छन्।
 |  सोमबार, भदौ २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २७, २०७९

काठमाडौं- एसजि गु्रप अन्तर्गत नेपालका लागि आधिकारिक वितरक मोटरहेड तथा टारो ब्राण्डले आज सोमबारदेखि एक्स्चेञ्ज क्याम्प सञ्चालन गरेका छन्।

National life

कम्पनीका अनुसार यो क्याम्प शुक्रबार अर्थात भदौ ३१ गतेसम्म लागू हुने छ। उक्त क्याम्पमा जस्तोसुकै अवस्थाको बाइकहरुमा कम्तिमा २५ हजार रुपैयाँको मुल्याङकन हुनेछ र जुनसुकै ब्राण्डको बाइकसँग एक्स्चेञ्जमा बजार मूल्याङ्कन भन्दा २० हजार रुपैयाँ हुनेछ। 

यसका साथै, बम्पर अफरमा २ जना भाग्यशाली विजेतालाई कम्पनीबाट सम्पूर्ण बीमा छुट हुनेछ। यो अफर काठमाण्डौं उपत्यका भित्र नक्साल, धोविघाट, बालाजु, सल्लाघारी, चावहिल र टेकु गरी ६ वटा शोरुममा लागू हुनेछ।

यसका साथ साथै कम्पनीले दशैं तिहार र छठ अफर अन्तर्गत यही १९ भदौ २०७९ बाट १५ कार्तिक २०७९ सम्म लागू हुने गरी आफ्नो ४ को चमत्कार, बाइक पनि बचत पनि अफर सार्वजनिक गरेको छ।

कम्पनीले मोटरहेड ब्राण्डका वाइक खरीद गर्ने ग्राहकहरुलाई स्क्रयाच कार्ड मार्फत ७ हजार ९०० रुपैयाँदेखि १ लाख रुपैयाँ जित्न सकिने अफरको साथै वम्परमा १ जना भाग्यशाली विजेताले १ लाख रुपैयाँ जित्न सक्ने अफर सार्वजनिक गरेको कम्पनीले जनाएको छ।

Shivam cement

कम्पनीका अनुसार टेक्केन २५० पुरानो मोडलको खरीद जुनै पनि माध्यमबाट खरीद गर्दा सिधै २५ हजार रुपैयाँ छुटको व्यवस्था गरेको छ। टारो ब्राण्डका बाइक तथा स्कुटरको खरिदमा कम्पनीले आफ्नो ग्राहकहरुलाई उचित छुट दिई, छुट मार्फत बचत पनि हुने उद्देश्यले आफ्नो बाइकहरुमा ३० हजार रुपैयाँसम्म नगद छुट तथा स्कुटरको खरीदमा १५ हजार रुपैयाँ छुटको अफर अघि सारेको छ।

कम्पनीले बम्पर अफरमा गोला प्रथाद्धारा १ जना भाग्यशाली खरीदकर्तालाई ५ वर्षको कर तथा बीमा छुटको अफर पनि ल्याएको छ। ग्राहकहरुले कम्पनीको शोरुममा गई टेष्ट राइड तथा पोज एण्ड पोष्ट क्यापियन अन्तर्गत फोटो खिची लाइक एण्ड सेयर गर्दा हातखाली नहुने उपहार समेत जित्न सक्नेछन्।

प्रकाशित: Sep 12, 2022| 16:56 सोमबार, भदौ २७, २०७९
प्रतिक्रिया दिनुहोस्