सोमबार, असार १, २०८३

गोल्डेन ओक १२औँ कृति अवार्ड वितरण

नेपाली विज्ञापन सिर्जनाकोसम्मानार्थ २०६० सालदेखि नेपाल बिज्ञापन संघले हरेक वर्ष आयोजना गर्दै आएको कृति अवार्डसको १२ औँ सस्ंकरण ‘गोल्डन ओक १२औँ कृति अवार्डस २०७९’ भदौ २५ गते शनिवार होटेल सोल्टीमा सम्पन्न भएको छ।
 |  सोमबार, भदौ २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २७, २०७९

काठमाडौं- नेपाली विज्ञापन सिर्जनाकोसम्मानार्थ २०६० सालदेखि नेपाल बिज्ञापन संघले हरेक वर्ष आयोजना गर्दै आएको कृति अवार्डसको १२ औँ सस्ंकरण ‘गोल्डन ओक १२औँ कृति अवार्डस २०७९’ भदौ २५ गते शनिवार होटेल सोल्टीमा सम्पन्न भएको छ। 

National life

वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठबाट उद्घाटन गरिएको कार्यक्रम  नेपाल टेलिभिजनलगायत अधिकांश टीभी च्यानलहरुले प्रत्यक्ष प्रसारण गरेका थिए। 

कृति अवार्डसको मुख्य प्रायोजक गोल्डन ओक, पावर्ड वाई बाल्ट्रा र डिस मिडिया नेटवर्क रहेका छन् भने इन एसोसियन विइथमा डावर नेपालका साथै मुक्तिनाथ विकास बैक बैंकिङ पार्टनर र गुरु ट्राभल्स ट्राभल पार्टनर, सपोर्टेड बाईमा प्रभु बैंक लिमिटेड, आटीपीएफ, सेल पे, सफ्टि हाइजिन,  राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास वैक लिमिटेड, क्यूएफएक्स र हस्पिटालिटी पार्टनर सोल्टी होटल रहेका थिए। 

विभिन्न ३१ वटा विधाको अवार्डस्का लागि ४५ वटा एजेन्सीले सहभागीता जनाएकोमा विभिन्न १५ एजेन्सीहरुले ५० वटा पुरस्कार पाएका छन्। पुरस्कार पाउने एजेन्सीहरुमध्ये मेकवेज प्रालिले १९ वटा, बिजनेस एडभान्टेज–५, प्रिज्मार्क मार्केटिङ–५, आउटरिच नेपाल–४, डिजिटलइन–४ अभानी एडभर्टाजिङ–३ एएनएस क्रिएसनले–२ र म्याक्स मिडिया, प्रिज्मा एडभरटाईजिङ कन्सर्ट वान, डीएनए टेक्नोलोजी, मार्स प्रालि, की एडभरटाइजिङ, सुश्री मिडिया र ह्याप्पी वक्र्सले १–१ वटा अवार्ड जितेका छन्।

कार्यक्रमको सभापतित्व गर्दै आनका अध्यक्ष सोम प्रसाद धितालले प्रमुख अतिथि र आमन्त्रित सम्पूर्ण अतिथिमा धन्यवादसहित समापन मन्तव्य राख्दै एजेन्सीहरुको उल्लेख्यनीय सहभागिताको प्रशंसा गरेका थिए। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले कृति अर्वाडसको प्रशंसा गर्दै यस्ता सिर्जनशील कार्यक्रमले देशको आर्थिक विकासमा टेवा पुग्ने बताए। 

Shivam cement

नेपाल विज्ञापन संघद्वारा आयोजित उक्त कार्यक्रममा ३१ विधाका उत्कृष्ठ विज्ञापनहरुलाई अतिथिहरुबाट अवार्डस् प्रदान गर्नुका साथै खादा–माला पहिराई गरी सम्मान गरिएको थियो। ६०० जनाभन्दा बढी प्रत्यक्ष उपस्थित दर्शकबीच गरिएको उक्त समारोहमा मदनकृष्ण श्रेष्ठ, शम्भुजित बास्कोटा, भुवन केसी, दीपकराज गिरीलगायतका प्रतिष्ठित उद्योगीव्यवसायीहरुले विजयीहरुलाई अवार्डस प्रदान गरेका थिए। 

कार्यक्रममा इन्दिरा जोशीका साथै अन्य कलाकारहरुले आ–आफ्नो नृत्य तथा कला प्रदर्शन गरेका थिए।


प्रकाशित: Sep 12, 2022| 16:54 सोमबार, भदौ २७, २०७९
प्रतिक्रिया दिनुहोस्