सोमबार, असार १, २०८३

अस्पताललाई नेशनल लाइफ इन्स्योरेन्सको २० लाख सहयोग

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले एक एक पाईला फाउण्डेसनलाई २० लाख रुपैयाँ सहयोग गरेको छ।
 |  सोमबार, भदौ २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २७, २०७९

काठमाडौं- नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले एक एक पाईला फाउण्डेसनलाई २० लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत सुनकोशी गाउँपालिकामा अस्पताल बनाएको फाउण्डेसनलाई उक्त रकम सहयोग गरेको हो।

National life

फाउण्डेसनले सुनकोशी गाउँपालिकामा एक एक पाइला ठोकर्पा आधारभूत अस्पताल निर्माण गरी संचालनमा ल्याइसकेको छ।

सुनकोशी गाउँपालिका वडा नं। १ का वडा अध्यक्ष कुमार शाहीको मूख्य आतिथ्य तथा फाउण्डेसनका अध्यक्ष डा। सुमन शम्सेर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा करिब १५० जनाको सहभागिता रहेको थियो।

उक्त परियोजनाबाट ठूलो संख्यामा सो क्षेत्र र आसपासका सर्वसाधारण हरु लाभान्वित हुने अपेक्षा गरिएको कम्पनीले जनाएको छ। सो समारोहमा अस्पताल व्यवस्थापनले आर्थिक सहयोग प्रदान गरे वापत कम्पनीका उप-कार्यकारी प्रमुख प्रताप मान श्रेष्ठलाई विशेष सम्मान गरेको थियो।


प्रकाशित: Sep 12, 2022| 16:53 सोमबार, भदौ २७, २०७९
प्रतिक्रिया दिनुहोस्