सोमबार, असार १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • हुन्डाई नेपालको 'बी प्लस द चेन्ज' अभियान अन्तर्गत पचली भैरवमा सरसफाइ

हुन्डाई नेपालको 'बी प्लस द चेन्ज' अभियान अन्तर्गत पचली भैरवमा सरसफाइ

हुन्डाई नेपालले 'बी प्लस द चेन्ज' अभियान अन्तर्गत पचली भैरव, मन्दिर, टेकुमा सरसफाई कार्यक्रम सम्पन्न गर्यो। कार्यक्रममा पुरातात्विक र धार्मिक महत्व बोकेको मन्दिर परिसरसँगै नजिकै रहेको श्री महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय र वरपरको क्षेत्रमा पनि सरसफाई गरिएको थियो।
 |  सोमबार, भदौ २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २७, २०७९

काठमाडौं- हुन्डाई नेपालले 'बी प्लस द चेन्ज' अभियान अन्तर्गत पचली भैरव, मन्दिर, टेकुमा सरसफाई कार्यक्रम सम्पन्न गर्यो। कार्यक्रममा पुरातात्विक र धार्मिक महत्व बोकेको मन्दिर परिसरसँगै नजिकै रहेको श्री महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय र वरपरको क्षेत्रमा पनि सरसफाई गरिएको थियो।

National life

हुन्डाई नेपालको ५० भन्दा बढी कर्मचारीको सहभागीता रहेको उक्त कार्यक्रममा स्कूल र मन्दिर परिसरमा रङ्ग पनि लगाइएको थियो। कार्यक्रम मन्दिर व्यवस्थापन समिति र विद्यालय प्रशासनसँगको समन्वयमा सरसफाईको सवालमा समुदायको आवश्यकतालाई हेरेर आयोजना गरिएको थियो।

हुन्डाई नेपालको  'बी प्लस द चेन्ज' हुण्डाई मोटर कम्पनीको पर्यावरण मैत्री प्रतिबद्धतामा ऐक्य-बद्धता गर्ने पहल स्वरूप ल्याईएको कार्यक्रम हो। 'बी प्लस द चेन्ज' मा बीई (भी) को अर्थ आजको दिनमा कार्बन न्युट्रालिटिको पर्याय नै बनेको “ब्याट्री इलेक्ट्रिक भेहिकल” हो भने 'बी प्लस द चेन्ज'  “परिवर्तनको सुरुवात आफैबाट” भन्ने अवधारणालाई आत्मसाथ गर्दै ल्याईएको हो। 'बी प्लस द चेन्ज' अभियान अन्तर्गत यही महिनाको सुरुवातमा रातोमाटे डाँडा, चुनिखेलमा वृक्षरोपण पनि गरिएको थियो।

साधारण सवारी साधनहरुको कार्बन उत्सर्जन र तिनका प्रभावलाई कम गर्न गरिएको उक्त कार्यक्रममा ४० भन्दा बढी विद्युतीय गाडीका ग्राहकसँगै १५० भन्दा बढिको उत्साहजनक सहभागिता रहेको थियो।

आगामी दिनमा पनि कम्पनीले 'बी प्लस द चेन्ज' अन्तर्गत पर्यावरण र दिगोपन सम्बन्धी अन्य कार्यक्रम आयोजना गरी पर्यावरण मैत्री व्यवहार अवलम्बन गर्न प्रोत्साहन गर्ने उद्देश्य राखेको बताइएको छ। 

Shivam cement

गएको वर्ष सेप्टेम्बरमा हुन्डाई मोटर कम्पनीले सन् २०५० को ग्लोबल कार्बन न्यूट्रल लक्ष्यभन्दा पाँच वर्ष अगाडि सन् २०४५ सम्ममा आफ्नो उत्पादन र सञ्चालनका सबै चरणहरूमा कार्बन न्युट्रालिटि कायम गर्ने लक्ष्य सार्वजनिक गरेको थियो। कम्पनीले कार्बन न्यूट्रालिटी तर्फको यात्रामा सन् २०२५ सम्ममा २३ वटा पर्यावरण मैत्री लाइनअप ल्याई १० लाख भन्दा बढी विद्युतीय सवारी साधन तयार गर्ने योजना बनाएको छ।

प्रकाशित: Sep 12, 2022| 16:52 सोमबार, भदौ २७, २०७९
प्रतिक्रिया दिनुहोस्