मंगलबार, साउन १९, २०८३

जनकपुरधाममा ओलीलाई २०५ किलोको माला

विभिन्न पार्टी परित्याग गरी झन्डै ६ हजार व्यक्ति एमाले प्रवेश गरेको पार्टी नेताहरूको दाबी।
 |  सोमबार, भदौ २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २७, २०७९

जनकपुरधाम– सोमबार जनकपुर आएका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीलाई २०५ किलोको माला लगाएर स्वागत गरिएको छ। एमाले जिल्ला कमिटीले तिरहुतिया गाछीमा आयोजना गरेको जनसभा एवं पार्टी प्रवेश कार्यक्रममा रघुवीर महासेठ, जुली महतो, जिल्ला अध्यक्ष राजकिशोर यादवलगायतका नेताले उनलाई स्वागत गरेका हुन्।

त्यस क्रमम्मा विभिन्न पार्टी परित्याग गरी झन्डै ६ हजार व्यक्ति एमाले प्रवेश गरेको दाबी पार्टी नेताहरूले गरेका छन्। जसपाका मधेस प्रदेससभा सदस्य अञ्जुकुमारी यादव, नेकपा एसका नेता तथा संविधानसभा सदस्य एवं पूर्वराज्यमन्त्री अरबिन्द साह, कांग्रेस धनुषाका पूर्वउपसभापति सन्तोष यादवलगायत दर्जनौं नेतालाई एमाले अध्यक्ष ओलीले पार्टी प्रवेश गराए।

प्रकाशित: Sep 12, 2022| 16:46 सोमबार, भदौ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...