सोमबार, वैशाख २४, २०८१

प्रदेश १ मा मुख्य तीन दलका ३५ जना एकल सिफारिस, कहाँबाट को?

प्रदेश १ मा प्रमुख राजनीतिक दल नेकपा एमाले, कांग्रेस र माओवादी केन्द्रले २८ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस गरेका छन्। २२१ जना उम्मेदवार सिफारिस भएकामध्ये एमालेका १४, कांग्रेसका १० र माओवादीका ११ जनाको नाम एकल सिफारिसमा परेको छ।
 |  सोमबार, भदौ २७, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

सोमबार, भदौ २७, २०७९

विराटनगर– आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाका लागि प्रदेश १ मा प्रमुख राजनीतिक दल नेकपा एमाले, कांग्रेस र माओवादी केन्द्रले २८ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस गरेका छन्। २२१ जना उम्मेदवार सिफारिस भएकामध्ये एमालेका १४, कांग्रेसका १० र माओवादीका ११ जनाको नाम एकल सिफारिसमा परेको छ। 

triton college

एमालेबाट झापा ५ मा पार्टी अध्यक्ष केपी शर्मा ओली सहित १४ उम्मेदवारको एकल सिफारिस भएको छ। मोरङ ६ बाट लालबाबु पण्डित, इलाम २ बाट सुवासचन्द्र नेम्वाङ, पाँचथरबाट वसन्तकुमार नेम्वाङ, इलाम १ बाट महेश बस्नेत, झापा १ बाट रविन कोइराला, धनकुटाबाट राजेन्द्रकुमार राई, मोरङ–२ बाट ऋषिकेश पोखरेल, मोरङ–३ बाट भानुभक्त ढकाल, मोरङ–४ बाट विनोद ढकाल, सुनसरी–१ बाट जयकुमार राई, सुनसरी–३ बाट भगवती चौधरी, सुनसरी–४ बाट जगदिश कुसियैत र सोलुखुम्बुबाट मानवीर राईको नाम एकल सिफारिस भएको एमालेले जनाएको छ। 

नेपाली कांग्रेसबाट महामन्त्री विश्वप्रकाश शर्मा झापा १ बाट, पाँचथरका भिष्मराज आङ्देम्बे, झापा–३ बाट कृष्णप्रसाद सिटौला, झापा–४ बाट देउमान थेबे, धनकुटाबाट सुनिल थापा, मोरङ ३ बाट सुनिल शर्मा, सुनसरी–३ बाट विजयकुमार गच्छदार, सुनसरी–४ बाट ज्ञानेन्द्रबहादुर कार्की, सोलुखुम्बुबाट आङ्गेलु शेर्पा र उदयपुर–१ बाट डा. नारायण खड्काको नाम एकल सिफारिस भएको आएको कांग्रेस प्रदेश समितिले जनाएको छ। 

माओवादी केन्द्रबाट पाँचथरमा हर्कबहादुर नेम्वाङ (मिक्सो), झापा–१ बाट राम कार्की, झापा–२ बाट राजु आचार्य, झापा–४ बाट झलकसिंह दर्लामी, तेह्रथुमबाट इन्द्रबहादुर इम्सोङ लिम्बू, धनकुटाबाट हेमराज भण्डारी, मोरङ–१ बाट प्रेम मिभक लिम्बू, मोरङ–२ बाट गणेश उप्रेती सुशील, मोरङ–४ बाट अमनलाल मोदी, मोरङ–५ बाट शिवकुमार मण्डल र ओखलढुंगाबाट राम कार्कीको नाम एकल सिफारिस भएको छ। 

को कहाँबाट सिफारिस भए?

corrent noodles
Metro Mart

ताप्लेजुङ 
एक मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा १३ जनाको नाम सिफारिस भएको छ। एमालेबाट वर्तमान सांसद समेत रहेका योगेश भट्टराई सहित तिलककुमार मेन्याङ्बो, पासाङ शेर्पा, टंक आङबुहाङ र रामप्रसाद सुवेदी, नेपाली कांग्रेसबाट गजेन्द्रप्रसाद तुम्बेहाङ, मणिलामा टिकाराम गुरुङ, प्रताप प्रकाश हाङगाम, बलबहादुर तामाङ, माओवादी केन्द्रबाट खेलप्रसाद बुढाथोकी, मिङ्मा डण्डु शेर्पा, लक्ष्मीप्रसाद आङसम्बो सिफारिस भएका छन्। गत प्रतिनिधिसभा निर्वाचनमा एमालेका योगेश भट्टराईले कांग्रेसका केशवप्रसाद दाहाललाई १२ हजार ५९१ मतान्तरले पराजित गरेका थिए। 

पाँचथर
एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथरमा तीन वटै दलले एक–एक जना उम्मेदवार सिफारिस गरेका छन्। गत प्रतिनिधिसभा निर्वाचनमा एमालेका वसन्तकुमार नेम्वाङले नेपाली कांग्रेसका भिष्मराज आङ्देम्वेलाई १० हजार ६१६ मतान्तरले पराजित गरेका थिए । 

इलाम
दुई निर्वाचन क्षेत्र रहेको इलामको क्षेत्र नम्बर १ मा ९ जनाको नाम सिफारिस भएको छ। सो क्षेत्रबाट एकीकृत समाजवादीका नेता पूर्वप्रधानमन्त्री झलनाथ खनालको नाम सिफारिस भएको छ। एमालेको पनि एकल सिफारिस भएको इलाम १ मा नेपाली कांग्रेसका डम्वर खड्का, भेषराज आचार्य, टिकाराम लेप्चा, सुजाता परियार, दुर्गा सुवेदी, भूपेन्द्र कट्टेल, माओवादीबाट तेजबहादुर राई, विनोद नेम्वाङको नाम सिफारिस भएको छ। सो क्षेत्रबाट अघिल्लो निर्वाचनमा झलनाथ खनालले कांग्रेसका भूपेन्द्र कट्टेललाई १७ हजार १६७ मतान्तरले पराजित गरेका थिए। खनाल अहिले एमाले परित्याग गरि नेकपा एकीकृतका सम्मानित नेता हुन्। गठबन्धनले खनाललाई इलाम १ छाड्ने करिव सहमति भइसकेको छ।

क्षेत्र नम्बर २ मा एमालेको एकल सिफारिस छ। अन्य दुई राजनीतिक दलका १० जनाको नाम सिफारिस भएको छ। कांग्रेसबाट भेषराज आचार्य, बेनुपराज प्रसाई, केशव थापा, डम्बर खड्का, सुजाता परियार, रमेश लिङ्देन, नगेन्द्र कुमाल, माओवादीबाट धिरेन्द्र शर्मा, प्रकाश परियार र नयन राई सिफारिस भएका छन्। अघिल्लो निर्वाचनमा एमालेका सुवास नेम्वाङले नेपाली कांग्रेसका केवश थापालाई ९ हजार ६५२ मतान्तरले पराजित गरेका थिए। 

झापा
५ वटा निर्वाचन क्षेत्र रहेको झापा १ मा तीनै वटै पार्टीको एकल सिफारिस भएको छ। सो क्षेत्रबाट यसअघि माओवादी केन्द्रका राम कार्कीले नेपाली कांग्रेसका विश्वप्रकाश शर्मालाई २ हजार ८६३ मतान्तरले पराजित गरेका थिए। 

झापा २ मा माओवादी केन्द्रको एकल सिफारिस भएको छ। एमाले र कांग्रेसका ९ जनाको नाम सिफारिस भएको छ। एमालेबाट अग्नी खरेल, देवराज घिमिरे, पवित्रा निरौला खरेल र ध्रुव सिवाकोटी, कांग्रेसबाट केशवकुमार बुढाथोकी, सरिता प्रसाई, सुधिर सिवाकोटी, छत्र गिरी र जलकुमार गुरुङ सिफारिसमा परेका छन्। सो क्षेत्रबाट यसअघि एमालेकी पवित्रा निरौला खरेलले कांग्रेसका उद्धव थापालाई १३ हजार ७६७ मतान्तरले पराजित गरेकी थिइन्।

झापा ३ मा कांग्रेस र राप्रपाको को एकल सिफारिस छ। एमालेबाट दुर्गा प्रसाई, मोहन रेग्मी, हरि घिमिरे, लोकनाथ भट्टराई र गंगादेवी धमला, माओवादीबाट पूर्णप्रसाद राजवंशी र मोहन टुडुको नाम सिफारिस भएको छ। अघिल्लो निर्वाचनमा राप्रपाका राजेन्द्रप्रसाद लिङदेनले कांग्रेसका कृष्णप्रसाद सिटौलालाई १३ हजार ४४३ मतान्तरले पराजित गरेका थिए। 

झापा ४ मा कांग्रेस र माओवादीबाट एकल सिफारिस परेको छ। एमालेबाट होमप्रसाद गौतम, लालप्रसाद साँवा, हिराकुमार थापा, भोजकुमारी नेपाल, चन्द्रकुमार शेर्माको नाम सिफारिस भएको छ। अघिल्लो निर्वाचनमा एमालेका साँवाले कांग्रेसका देउकुमार थेवेलाई १६ हजार ६९३ मतान्तरे पराजित गरेका थिए। 

झापा ५ एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकल नाम सिफारिस गरेको छ। कांग्रेसले महेन्द्रा सुब्बा, खगेन्द्र अघिकारी, पदम पौडेल, मेदनी सिटौला र विश्वदिप लिङदेन, माओवादीबाट रञ्जन तामाङ, गगन पुरी, सुरेन्द्र वस्नेत र रमेश गुरागाईको नाम सिफारिस गरेको छ। अघिल्लो निर्वाचनमा एमालेका ओलीले कांग्रेसका अधिकारीलाई २८ हजार ८४२ मतान्तरले पराजित गरेका थिए। 

संखुवासभा
एकमात्र निर्वाचन क्षेत्र रहेको संखुवासभामा तीन पार्टीका १६ जनाको नाम सिफारिस भएको छ। एमालेबाट राजेन्द्र गौतम, डा. अर्जुन कार्की, तुलसी न्यौपाने, शेरबहादुर कार्की, छत्रजंग कार्की र लेखनाथ बुढाथोकी, कांग्रेसबाट दीपक खड्का, तारामान गुरुङ, दिपेनकुमार श्रेष्ठ, टंक राई, जनक थापा, पासाङ शेर्पा, मिङ्मा शेर्पा र उमेश चौहान, माओवादीबाट राजेन्द्रकुमार कार्की र रिपुप्रसाद राईको नाम सिफारिस भएको छ। अघिल्लो निर्वाचनमा एमालेका राजेन्द्र गौतमले कांग्रेसका दिपक खड्कालाई १ हजार १३० मतान्तरले पराजित गरेका थिए। 

तेह्रथुम
एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुममा माओवादीको एकल सिफारिस रहेको छ। एमालेबाट डा. विजय सुब्बा र तेजमान कन्दङ्बा, कांग्रेसबाट सीता गुरुङ, तुलसी सुब्बा, हरि डाँगी सिफारिसमा परेका छन्। अघिल्लो निर्वाचनमा एमालेबाट उम्मेदवारी दिएका भवानीप्रसाद खापुङले कांग्रेसकी सीता गुरुङलाई २ हजार २१ मतले पराजित गरेका थिए। खापुङ अहिले एमाले विभाजन पछि एकीकृत समाजवादीमा छन्। 

भोजपुर
एक मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरबाट माओवादीले नाम सिफारिस गरेको छैन। एमाले र कांगे्रसले २–२ जनाको नाम सिफारिस गरेको छ। एमालेले प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राई र कृपासुर शेर्पा र कांग्रेसले  उमेशजंग रायमाझी, विनोद बान्तवा र शिव खत्रीको नाम सिफारिस गरेको छ। अघिल्लो निर्वाचनमा माओवादीका सुदन किरातीले कांग्रेसका उमेशजंग रायमाझीलाई १२ हजार ६९८ मतान्तरले पराजित गरेका थिए। माओवादीले किरातीलाई पुनः उम्मेदवार उठाउने तयारी गरेको छ। 

धनकुटा
एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा तीनवटै दलको एकल सिफारिस भएको छ। अघिल्लो निर्वाचनमा एमालेका राजेन्द्र राईले राप्रपाका सुनिल थापालाई १० हजार ४५९ मतान्तरले पराजित गरेका थिए। 

मोरङ
प्रदेश १ का सबैभन्दा बढी ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङ १ मा माओवादीको एकल सिफारिस भएको छ। एमालेबाट घनस्याम खतिवडा, डा. शिवमाया तुम्वाहाम्फे, राजेन्द्र पौडेल, अग्नि भट्टराई र रुद्र तामाङ, कांग्रेसबाट डिगबहादुर लिम्वु, रामप्रसाद बराल, आरती पोखरल र जयधर्म आचार्यको नाम सिफारिस भएको छ। अघिल्लो निर्वाचनमा एमालेका घनस्याम खतिवडाले कांग्रेसका डिगबहादुर लिम्वुलाई ६ हजार ८८ मतान्तरले पराजित गरेका थिए।

मोरङ २ मा एमाले र माओवादीको एकल सिफारिस छ।  कांग्रेसबाट डा. मिनेन्द्र रिजाल र सुजाता कोइरालाको नाम सिफारिस भएको छ। अघिल्लो निर्वाचनमा कांग्रेसका डा. रिजालले एमालेका ऋषिकेश पोखरेललाई १ हजार ८०५ मतान्तरले पराजित गरेका थिए। 

मोरङ ३ मा एमाले र कांग्रेसको एकल सिफारिस भएको छ। माओवादीबाट सावित्रीकुमार काफ्ले, खेम भट्टराई र खेम सुन्दासको नाम सिफारिस भएको छ। अघिल्लो निर्वाचनमा एमालेबाट भानुभक्त ढकालले कांग्रेसका सुनिल शर्मालाई १ हजार ९०७ मतान्तरले पराजित गरेका थिए।

मोरङ ४ मा एमाले र माओवादीको एकल नाम सिफारिस भएको छ। कांग्रेसबाट अमृत अर्याल, भीम पराजुली, महेश आचार्य, गुरुराज घिमिरे र दिलिप गच्छदारको नाम सिफारिस भएको छ। अघिल्लो निर्वाचनमा माओवादी केन्द्रका अमनलाल मोदीले कांग्रेसका महेश आचार्यलाई ६ हजार ७२९ मतान्तरले पराजित गरेका थिए।

मोरङ ५ माओवादीको एकल नाम सिफारिस भएको छ। एमालेबाट योगेन्द्र मण्डल, राधा पासवान र मनोज अग्रवाल, कांग्रेसबाट अमृत अर्याल र हसन अन्सारीको नाम सिफारिस भएको छ। अघिल्लो निर्वाचनमा माओवादी केन्द्रका शिवकुमार मण्डलले कांग्रेसका अमृत अर्याललाई ३ हजार ७९२ मतान्तरले पराजित गरेका थिए।

मोरङ ६ एमालेबाट एकल सिफारिस भएको। प्रदेश समन्वय कमिटीले गरेको सिफारिसमा रहेका नाम हटाएर प्रदेश कमिटीले एकल नाम सिफारिस गरेको छ। कांग्रेसबाट डा. शेखर कोइराला, डा. डिला संग्रौला, रमेशजंग रायमाझी र शिवकुमार वस्नेत, माओवादीले हेम कार्की, नविन पौडेल र शिवबहादुर कार्कीको नाम सिफारिस गरेको छ। अघिल्लो निर्वाचनमा एमालेका लालबाबु पण्डितले कांग्रेसका डा. कोइरालालाई ६७५ मतान्तरले पराजित गरेका थिए। 

सुनसरी
५ वटा निर्वाचन क्षेत्र रहेको सुनसरी १ मा एमालेको एकल सिफारिस छ। नेपाली कांग्रेसबाट मीन विश्वकर्मा, लक्ष्मी खतिवडा, उमेश थापा र चन्द्रकुमारी श्रेष्ठ, नेकपा माओवादी केन्द्रबाट मुक्साहाङ मेन्याङ्बो, किरण राई, खोप्साहाङ मेन्याङ्बो सिफारिस भएका छन्। अघिल्लो निर्वाचनमा सो क्षेत्रबाट नेकपा एमालेका जयकुमार राईले तत्कालिन संघीय समजवादी फोरम हाल जनता समाजवादी पार्टीका अशोककुमार राईलाई २२ हजार ४०५ मतान्तरले पराजित गरेका थिए। 

सुनसरी २ मा मुख्य तीन दलका ८ जनाको सिफारिस भएको छ। एमालेबाट प्रदेश १ का पूर्व मुख्यमन्त्री भीम आचार्य र जिल्ला अध्यक्ष रेवतीरमण भण्डारी, कांग्रेसबाट राजीव कोइराला, राजीव ढुङ्गाना र सिताराम महतो, माओवादी केन्द्रबाट रामकुमारी चौधरी, अनिता परियार, मदन चुँडालको नाम सिफारिस भएको छ। गत प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका सिताराम महतोले माओवादी केन्द्रका डम्बरु सुवेदीलाई ६ हजार १४६ मतान्तरले पराजित गरेका थिए।

सुनसरी ३ मा एमाले र कांग्रेसको एकल नाम सिफारिस भएको छ। माओवादी केन्द्रबाट सुरेन्द्र मेहता र डम्बरबहादुर काफ्लेको नाम सिफारिस भएको छ। अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका विजयकुमार गच्छदारले एमालेकी भगवती चौधरीलाई ३२१ मतान्तरले पराजित गरेका थिए। 

सुनसरी ४ मा एमाले र कांग्रेसले एकल नाम सिफारिस गरेका छन्। माओवादी केन्द्रले एकचन्द्र बराल र सन्तोष थारुको नाम सिफारिस गरेको छ। अघिल्लो निर्वाचनमा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले एमालेका रमेश श्रेष्ठलाई ६ हजार ५९७ मतान्तरले पराजित गरेका थिए। 

सोलुखुम्बु
एक मात्र निर्वाचन क्षेत्र रहेको सोलुमा एमाले र कांग्रेसको एकल नाम सिफारिस भएको छ। माओवादी केन्द्रले नाम सिफारिस गर्न बाँकी छ। सो क्षेत्रमा गत प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रका हेमकुमार राईले कांग्रेसका बलबहादुर केसीलाई ३ हजार ४५३ मतान्तरले पराजित गरेका थिए। 

खोटाङ
एक मात्र निर्वाचन क्षेत्र रहेको खोटाङ प्रमुख तीन दलले २१ जनाको नाम सिफारिस गरेका छन्। एमालेले ७ जनाको नाम सिफारिस गरेको छ। जसमा विशाल राई, खगेन्द्र राई, उषाकला राई, रमेश पौडेल, पाँचकर्ण राई, राजन ढकाल, देवान राई, कांग्रेसबाट सर्वधन राई, सुवासकुमार पोखरेल, भूपेन्द्र राई, हिरा गुरुङ, रोजन राई, डा. राजकुमार राई, रामप्रसाद आचार्य, विष्णुराज राई, योगेन्द्र राई र शरणकुमार राई, माओवादी केन्द्रबाट टंक राई, रामकुमार राई, संगीता कार्की र दुर्गा जयन्ती राईको नाम सिफारिस भएको छ। गत निर्वाचनमा एमालेका विशाल भट्टराईले कांग्रेसकी सरस्वती वजिमयलाई १४ हजार ३७२ मतान्तरले पराजित गरेका थिए। 

ओखलढुंगा 
एक मात्र निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा माओवादी केन्द्रको एकल सिफारिस भएको छ। एमालेले यज्ञराज सुनुवार र अम्विरबाबु गुरुङको नाम सिफारिस गरेको छ। कांग्रेसले रामहरि खतिवडा, प्रदिपकुमार सुनुवार, बालकृष्ण दाहाल र खिलानाथ दाहालको नाम सिफारिस गरेको छ। ०७४ को निर्वाचनमा एमालेका यज्ञराज सुनुवारले कांग्रेसका रामहरि खतिवडालाई ५ हजार २५३ मतान्तरले पराजित गरेका थिए। 

उदयपुर
दुई निर्वाचन क्षेत्र रहेको उदयपुर १ मा कांग्रेसको एकल सिफारिस भएको छ। एमालेबाट मञ्जुकुमारी चौधरी, डा. देवराज रोक्का, विमल कार्की र सुरेश तामाङ, माओवादी केन्द्रबाट मीनबहादुर ठकरी र किरण राईको नाम सिफारिस भएको छ। अघिल्लो निर्वाचनमा कांग्रेसका डा. नारायण खड्काले एमालेकी मञ्जुकुमारी चौधरीलाई ५४८ मतान्तरले पराजित गरेका थिए। 

उदयपुर २ मा तीन दलका १३ जनाको नाम सिफारिस भएको छ। एमालेबाट शैलेश लामा, अम्वरबहादुर रायमाझी, वेदप्रसार पोखरेल, कला घले, प्रेम गौतम, भेषराज थापा र ज्ञानेन्द्र श्रेष्ठ, कांग्रेसबाट प्रमिला राई र संजीव थापा, माओवादीबाट सुरेशकुमार राई, विनोद कटुवाल, मोहनबहादुर खत्री र भेषकुमारी राउतको नाम सिफारिस भएको छ। अघिल्लो निर्वाचनमा माओवादी केन्द्रका सुरेशकुमार राईले कांग्रेसका नारायणबहादुर कार्कीलाई ७ हजार ९६ मतान्तरले पराजित गरेका थिए।

प्रकाशित: Sep 12, 2022| 17:23 सोमबार, भदौ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।