मंगलबार, साउन १९, २०८३

९६ जनाको टोलीसहित नेपाल आइपुगे चिनियाँ सभामुख

चिनियाँ विशेष विमानबाट ९६ जनाको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ली दिउँसो ३ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन्।
 |  सोमबार, भदौ २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २७, २०७९

काठमाडौं- चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष (सभामुख) ली चाङ्सु काठमाडौं आइपुगेका छन्। ९६ सदस्यीय टोलीको नेतृत्व गर्दै उनी सोमबार दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन्। 

उनलाई स्वागत गर्न सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना विमानस्थलनमा नै पुगेका थिए।

आजै लीले सभामुख अग्नि सापकोटासँग भेट गर्ने कार्यक्रम तय गरिएको छ। बेलुका ५ बजे संसद् भवनमा उनीहरुबीच भेटवार्ता हुने बताइएको छ। 

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा ली नेपाल भ्रमणमा आएका हुन्। विशेष विमानबाट आएका उनी भदौ ३० गतेसम्म नेपालमा रहनेछन्। चार दिने भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्ने कार्यक्रम छ।

उनले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि अध्यक्ष लीको भेटवार्ता हुनेछ। प्रतिनिधिमण्डलले नेपालको औपचारिक भ्रमणका क्रममा भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनःनिर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्नुहुने कार्यक्रम रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित: Sep 12, 2022| 16:10 सोमबार, भदौ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...