सोमबार, असार १, २०८३

आर्थिक सूचक चिन्ताजनक : शेखर गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको आर्थिक सूचक चिन्ताजनक अवस्थामा रहेको बताएका छन्।
 |  सोमबार, भदौ २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २७, २०७९

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको आर्थिक सूचक चिन्ताजनक अवस्थामा रहेको बताएका छन्। आइतबार नेपाल उद्योग वाणिज्य महासंघसँग विज्ञापन आचारसंहितासम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन्। उनले लामो समयदेखि अर्थतन्त्रमा समस्या आइरहेको बताएका थिए। 

National life

अध्यक्ष गोल्छाले नेपालको अर्थतन्त्रको आधारमा नै समस्या देखिएको भन्दै अर्थतन्त्रमा देखिएको समस्याबाट लयमा फर्किनको लागि केही महिना लाग्नसक्ने उनको धारणा छ। उद्योग व्यवसाय फस्टाए मात्रै विज्ञापन व्यवसाय बढ्ने बताए। अर्थतन्त्र संकुचन हुने अवस्था रहेकाले उद्योग र विज्ञापन व्यवसायसमेत संकुचनमा पर्ने उनको भनाइ छ। अध्यक्ष गोल्छाले उद्योग वाणिज्य महासंघको भिजन पेपरले नेपालको विज्ञापन बजारको दायरालाई फराकिलो बनाउने कार्यमा ठूलो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। कोभिडको कारण विज्ञापन बजार पनि सोचेको जस्तो विस्तार हुन नसकेको उनको भनाइ छ। 

'नेपालको अहिलेका आर्थिक स्थिति वा सूचकहरु रहेका छन्। त्यो चिन्तालाग्दो अवस्थामा रहेको छ। विगतमा पनि अर्थतन्त्रको चुनौतीपूर्ण अवस्थाबाट गुज्रिएका थियौं। पछिल्लो अवस्था रहेको छ त्यो चिन्ता लाग्दो अवस्था नै छ। अहिलको अर्थतन्त्रमा देखिको समस्याको समाधान दीर्घकालीन मात्रै हुन सक्छ,' उनले भने, 'हामी आधारभूत रुपमा नै समस्यामा आएका छौं। अर्थतन्त्रमा देखिको समस्याबाट बाहिर आउनको लागि केही महिना लाग्छ।'

उद्योग व्यवसाय चलेपछि मात्रै विज्ञापन व्यवसाय बढ्ने बताएका उनले विज्ञापन बजारको दायरा फराकिलो बनाउने कार्य उद्योग व्यवसाय फस्टावट र मुलुक समृद्धिमा निर्भर हुने उल्लेख गरे। नेपालको विज्ञापन बजार करिब पौने अर्बको पुगेको बताएका उनले अवस्था सहज भएको भए आजसम्म २० अर्बको बजार पुगेको हुने दाबी गरेका थिए। 

अध्यक्ष गोल्छाले नेपालको विज्ञापन बजार कोभिडको प्रभाव नपरेको भए २० अर्ब पुग्ने अवस्थामा रहेको उल्लेख गरे। नेपालमा स्वदेशी विज्ञापन ६० प्रतिशत र विदेशी विज्ञापनको ४० प्रतिशत रहेको बताए। कम्पनी रजिस्टारको कार्यालयमा २६ सय विज्ञापन एजेन्सी दर्ता भएको उल्लेख गर्दै अध्यक्ष गोल्छाले विज्ञापन व्यवसायले ३५ हजार युवालाई रोजगारी दिएको उल्लेख गरेका थिए। 

Shivam cement

प्रकाशित: Sep 12, 2022| 16:05 सोमबार, भदौ २७, २०७९
प्रतिक्रिया दिनुहोस्