मंगलबार, फागुन १९, २०८२

एएफसी यू–२० मा नेपाल र कतार भिड्दै

बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज बलियो टोली कतारसँग खेल्दैछ। खेल नेपाली समयअनुसार राति ११ः४५ बजेबाट सुरु हुनेछ।
 |  सोमबार, भदौ २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २७, २०७९

काठमाडौं– बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज बलियो टोली कतारसँग खेल्दैछ। खेल नेपाली समयअनुसार राति ११ः४५ बजेबाट सुरु हुनेछ।

पहिलो खेलमा कमजोर मानिएको भुटानसँग २–० ले पराजित भएको नेपाललाई आजको खेल जित्नैपर्ने दबाब रहेको छ। कतारले भने आज पहिलो खेल खेल्न लागेको हो।

समूह बी मा रहेको नेपाल र कतारले अंक जोड्न सकेका छैनन्। नेपाल पुछारमा रहँदा कतार चौथो स्थानमा रहेको छ।  समूहमा नेपालसहित कतार, भुटान, आयोजक बहराइन र बंगलादेश छन्। नेपालले बिहीबार बहराइनसँग खेल्नेछ भने अन्तिम खेलमा बंगलादेशसँग आइतबार खेल्नेछ। समूह विजेता हुने टिमले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एसियन कपमा स्थान बनाउनेछ।



kumari

प्रकाशित: Sep 12, 2022| 14:28 सोमबार, भदौ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।