काठमाडौं– नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले मन्त्रीहरूले आफूले उम्मेदवारी दिएबाहेक अन्यत्र पनि चुनाव प्रचारमा जान पाउनुपर्ने बताएका छन्। सोमबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा सांसद श्रेष्ठले यस्तो बताएका हुन्।
उनले भने, ‘राजनीतिक प्रणाली बहुदलीय हुने। त्यो प्रणालीले नेताहरू मन्त्री पनि हुने तर मन्त्रीहरूले आफैं उम्मेदवार भएको छ भनेबाहेक अन्त चुनाव प्रचार नगर्ने भन्ने मिल्दैन। यसलाई सच्याउनुपर्छ।’ बरु राज्य र सरकारी साधन–स्रोतको दुरुपयोग भए÷नभएको भनेर अनुगमन गर्नुपर्ने उनको सुझाव छ।
श्रेष्ठले समानुपातिक निर्वाचन पद्धतिको बन्दसूचीको व्यवस्था पनि अप्ठेरो रहेको बताए। दलहरूले पाउने मत र त्यसका आधारमा पाउने सिट संख्या अनुमानयोग्य हुने दाबी गर्दै उनले उनले भने, ‘जो पर्ने निश्चित छ भनेर चुनावमा नजाने, जो पर्दैन, किन जाने भनेर नजाने। समानुपातिक उम्मेदवारको चुनावी अभियानमा भूमिका नहुने भयो।’