बुधबार, मंसिर १७, २०८२

३१.८१ प्रतिशत घट्यो नेप्से कारोबार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- पछिल्लो समय नेप्से कारोबार लगातार घटिरहेको छ। यस साता (८-१४ भदौ) अघिल्लो साताको तुलनामा ३७ करोड रुपैयाँ कारोबार घटेको हो। 

गत साता पनि अघिल्लोभन्दा १७.८४ प्रतिशत कारोबार घटेको थियो। यस साता नेपाल स्टक एक्सचेन्जमा एक सय ८० कम्पनीको कारोबार भएको छ। जसअनुसार ११ हजार सात सय ८८ कारोबारबाट ८० करोड ३० लाख सात हजार रुपैयाँ बराबरका २५ लाख ४२ हजार सात सय १० कित्ता सेयर खरिद-बिक्री भएका छन्। कारोबार रकम गत साताभन्दा ३१.८१ प्रतिशत कम हो।

गत साता एक सय ८५ कम्पनीको कारोबार भएको थियो। जसअनुसार १६ हजार ६ सय २० कारोबारबाट एक अर्ब १७ करोड ७५ लाख ७१ हजार रुपैयाँ बराबरका ४४ लाख २१ हजार नौ सय ५० कित्ता सेयर खरिद-बिक्री भएका थिए।

साताको नेप्से परिसूचक भने पहिलो दिनको तुलनामा ५.९७ अंकले बढेको छ। पहिलो दिन ११७५.७२ अंक रहेकामा अन्तिम दिन बढेर ११८१.६९ अंकमा पुगेको हो।

यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिन २४८.४२ को तुलनामा १.३७ अंकले बढेर २४९.७९ अंकमा पुगेको छ।

सबैभन्दा बढी कारोबार इन्भेस्टमेन्ट बैंकको

यस साता कारोबार रकम (सात करोड ३९ लाख ६० हजार रुपैयाँ) का आधारमा नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक सेयर अग्रस्थानमा छ।

यस्तै, कारोबार भएको सेयर संख्या (एक लाख ३२ हजार कित्ता) का आधारमा एनएमबी बैंक अग्रस्थानमा छ। 

कारोबार संख्या (५८८ वटा) का आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा छ।

निर्जीवन बीमा समूहको परिसूचक बढ्यो

यस साता सबैभन्दा बढी निर्जीवन बीमा समूहको परिसूचक ४० अंक बढेको छ। यस साताको आइतबार ५७२४.१५ विन्दु भएको परिसूचक कारोबार भएको चौथो दिन बढेर ५७६४.१५ विन्दुमा पुगेको छ।

यस्तै, वाणिज्य बैंक, विकास बैंक, वित्त, लघुवित्त, होटल, उत्पादनमुलक र अन्य समूहको परिसूचक बढेको छ। व्यापार समूहको परिसूचक स्थिर छ भने दुई समूहको परिसूचक घटेको छ। जलविद्युत र जीवन बीमा समूहको परिसूचक घटेकामा सबैभन्दा कम दोस्रो समूहको परिसूचक ४३ अंकले गिरावट भएको छ।

यी हुन् सर्वाधिक कारोबार गर्ने कम्पनी

यस साता नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड संस्थापकले सबैभन्दा बढी कारोबार गरेको छ। त्यसपछि नेपाल लाइफ इन्स्योरेन्स, एनएमबी बैंक, एनआईसी एसिया बैंक र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबार भएको छ।

जसमा सबैभन्दा बढी सात करोड ३९ लाख भने कम दुई करोड ४९ लाख रुपैयाँको कारोबार भएको हो।

यस साता नेप्से कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन मात्रै खुलेको थियो। जबकि, अन्य सामान्य अवस्थामा पाँच दिन कारोबार हुने गर्छ। सार्वजनिक बिदा परेकाले एक दिन कारोबार भएन। संस्थागत र सरकारी ऋणपत्रहरूको कुनै कारोबार भएन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्