शनिबार, मंसिर ६, २०८२

श्रीलंकालाई हराउँदै साफ यू-१७ को फाइनल पुग्ने लक्ष्यमा नेपाल

कोलम्बोको रेस कोर्स मैदानमा नेपाल र श्रीलंकाबीचको खेल बेलुका ८:१५ बजेबाट सुरु हुनेछ।
 |  सोमबार, भदौ २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २७, २०७९

काठमाडौं- श्रीलंकामा जारी यू-१७ साफ च्याम्पियनसिप नेपालले आज सेमिफाइनलमा आयोजक टिम श्रीलंका विरुद्ध खेल्दै छ। कोलम्बोको रेस कोर्स मैदानमा नेपाल र श्रीलंकाबीचको खेल बेलुका ८:१५ बजेबाट सुरु हुनेछ।

National life

प्रतियोगितामा राम्रो प्रदर्शन गरेको नेपाललाई उपाधिको मुख्य दाबेदार टिम मानिएको छ। समूह बी मा रहेको नेपाल शतप्रतिशत नतिजाका साथ सेमिफाइनलमा स्थान बनाएको हो। नेपाल रहेको समूहमा बलियो टोली भारत र भुटान थियो। नेपालले पहिलो खेलमा भुटानलाई २-१ र दोस्रो खेलमा बलियो मानिएको भारतलाई ३-१ ले पराजित गरेको थियो। 

सेमिफाइनलको अर्को खेलमा भारत र बंगलादेश एकआपसमा खेल्दै छन्। भारत समूह बी को उपविजेता बन्दै सेमिफाइनल पुगेको हो भने बंगलादेश समूह ए को विजेता भएर सेमिफाइनलमा स्थान बनाएको हो।

नेपाली टिमः 

गोलकिपर: कृषाल मोक्तान, समीर चन्द, रुविन बोगटी

Laxmi sunrise bank
kumari

डिफेन्डरः अश्विन घोरासैनी, सेमन्त थापा, उनेश बुढाथोकी, मदन पौडेल, दीपक थापा मगर, निशान्त तामाङ, युनिष मगर, विक्रम तामाङ, प्रितम कार्की, धीरज विश्वकर्मा

मिडफिल्डरः प्रशान्त लक्षाम, मिराक लिङ्देन, सरोज दरलामी, हरिसराज भट्ट, लच्छु थापा

फरवार्डः नीरज कार्की, धनसिंह विक, विनोद केसी, सिजल राई, सुवास बम

प्रकाशित: Sep 12, 2022| 13:28 सोमबार, भदौ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।