शनिबार, मंसिर ६, २०८२

यूएस ओपनको उपाधि १९ वर्षे कार्लोसलाई

फाइनलमा कार्लोसले नर्वेका कास्पर रुडलाई ६-४,२-६,७-६ ७-१ र ६-३ को सेटमा पराजित गरेका हुन्।
 |  सोमबार, भदौ २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २७, २०७९

काठमाडौं- अमेरिकाको न्यूयोर्कमा सम्पन्न युएस ओपनको उपाधि १९ वर्षे स्पेनिस कार्लोस अल्काराजले जितेका छन्। फाइनलमा कार्लोसले नर्वेका कास्पर रुडलाई ६-४,२-६,७-६ ७-१ र ६-३ को सेटमा पराजित गरेका हुन्। 

National life

कार्लोसको यो पहिलो युएस ओपन उपाधि हो। महिला तर्फको उपाधि भने शनिबार राती भएको खेलमा विश्व नम्बर एक इगा स्वेटेकले जितिसकेकी छिन्।

१९ वर्षे कार्लोस सन् २००५ मा राफेल नाडालले उपाधि जितेपछि सबैभन्दा कान्छो उमेरमा उपाधि जित्ने खेलाडी पनि बनेका छन्। 

उपाधि जितेपछि कार्लोसले यो उपाधि जित्नु सानैदेखीको सपना भएको बताए। उनले भने, ‘यो उपाधिको बारेमा म सानैदेखी सोच्ने गर्थे। मलाई यो उपाधि जसरी पनि जित्नु थियो, किनकि यो मेरो सपना हो। म सानो हुँदा विश्व नम्बर एक बन्ने र ग्रान्डस्लाम जित्ने सपना देख्थे। जसलाई मैले आज पुरा गरेको छु, म अत्यन्तै खुसी छु। मैले जुन किसिमको कडा मेहनत गरेर यो उपलब्धि हासिल गरेको छु, यो मेरो लागी धेरै विशेष छ।’

प्रकाशित: Sep 12, 2022| 13:07 सोमबार, भदौ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।