सोमबार, असार १, २०८३

पहिलो ईभी एक्स्पो ६ देखि ९ असोजसम्म

आगामी असोज ६ देखि ९ गतेसम्म विद्युतीय सवारीसाधन, तिनका पार्टपुर्जा तथा वित्तीय सेवा सम्बन्धी प्रदर्शनी हुने भएको छ।
 |  सोमबार, भदौ २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २७, २०७९

काठमाडौं– आगामी असोज ६ देखि ९ गतेसम्म विद्युतीय सवारीसाधन, तिनका पार्टपुर्जा तथा वित्तीय सेवा सम्बन्धी प्रदर्शनी हुने भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सोमबार पत्रकार गरेर ईभी एक्स्पो २०२२ बारे जानकारी दिएको हो।

National life

नाडाले नेपाल विद्युत प्राधिकरणको सहयोगमा गर्न लागेको एक्स्पो काठमाडौंको भृकुटीमण्डपमा हुनेछ। एक्स्पोमा यूएसएआईडी क्लिन एयरले नलेज पार्टनरको रुपमा तीन दिने गोष्ठी समेत सञ्चालन गर्नेछ।

एक्स्पोको शीर्ष प्रायोजक सिएट टायर रहेको छ भने सहप्रायोजक शिखर इन्स्योरेन्स रहेको छ। यस्तै डिजिटल पेमेन्ट पार्टर खल्ती एप रहेको छ। एक्स्पोमा ५१ वटा स्टल र ब्लकहरु रहनेछन्।

एक्स्पोमा सातवटा ब्राण्डका चारपांग्रे, एउटा तीनपांग्रे, १६ वटा ब्राण्डका दुईपांग्रे, ३ वटा ब्राण्डका टायर, २ वटा ब्राण्डको ब्याट्री, ९ वटा पार्टपुर्जा ग्यारेज उपकरण कम्पनी तथा अटोपत्रिका र चारवटा वित्तीय संस्थाको सहभागिता रहने जनाइएको छ। ४ दिनसम्म चल्ने एक्स्पोमा ४० हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ।

नाडाका अनुसार नेपालमा पहिलो पटक ईभी एक्स्पो हुन लागेको हो। पत्रकार सम्मेलनमा नाडाका अध्यक्ष ध्रुव थापाले अटो उद्योग धरासयी हुने अवस्थामा पुगेको भन्दै विश्वकै चासो ईभीप्रति बढेको बताए।

Shivam cement

नेपालमा ईभीको माग बढिरहेको तर मागअनुसार सप्लाइ गर्न नसकिएको उनको भनाइ छ। अन्य देशमा पनि यस्तै अवस्था रहेको उनले बताए। नेपालमा कुल सवारीसाधन आयातमा ईभीको हिस्सा १० प्रतिशतको हाराहारीमा रहेको जानकारी दिँदै उनले यो हिस्सा अबको १० वर्षमा ५० प्रतिशत पुग्ने दाबी गरे। ईभीप्रति सरकारको नीतिका कारण व्यवसायीले दुःख पाइरहेको गुनासो पनि उनले गरे। 

प्रकाशित: Sep 12, 2022| 12:51 सोमबार, भदौ २७, २०७९
प्रतिक्रिया दिनुहोस्