काठमाडौं- गृहमन्त्री बालकृष्ण खाण र कानून मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्। संसदमा रहेका विभिन्न विधेयकलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न दाहाल निवास खुमलटारमा सोमबार बिहान भेटवार्ता भएको हो।
भेटवार्ताका क्रममा मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलगायत विषयमा पनि कुराकानी भएको थियो।
प्रतिनिधि सभाको कार्यकाल सकिन केही दिनमात्र बाँकी रहेका बेला संसदमा रहेका विभिन्न विधेयकबारे दुई मन्त्रीले प्रचण्डसँग छलफल गरेका छन्।
भेटमा नेपाल सरकारसँग विभिन्न समयमा सहमति र सम्झौता गरेका विभिन्न राजनीतिक पार्टीका माग पूरा गर्ने सन्दर्भमा अहिलेसम्म भएका प्रगतिबारे पनि कुराकानी भएको बताइएको छ।