सोमबार, असार १, २०८३

राजविराज भन्सारमा कर्मचारी अभाव

तिलाठी सप्तरीको एक मात्र ठूलो भन्सार नाका हो। विसं २०१३ मा यस नाकामा राजविराज भन्सार कार्यालय स्थापना भएको हो। यसका अतिरिक्त जिल्लाभर सात अन्य छोटी भन्सार कार्यालय छन्। यद्यपि कर्मचारी अभावका बीच सातमध्ये पाँच छोटी भन्सार कार्यालय वर्षौँदेखि ठप्प छन्।
 |  आइतबार, भदौ २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २६, २०७९

काठमाडौं- वार्षिक करोडौँ राजस्व सङ्कलन हुने सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीस्थित राजविराज भन्सार कार्यालयमा लामो समयदेखि कर्मचारीको अभाव छ। कर्मचारी अभावका कारण कार्यालयले आफ्नो वार्षिक लक्ष्य पूरा गर्न सकेको छैन। राजस्व सङ्कलनमा वर्षैनी ह्रास आइरहेको अवस्था छ। 

National life

तिलाठी सप्तरीको एक मात्र ठूलो भन्सार नाका हो। विसं २०१३ मा यस नाकामा राजविराज भन्सार कार्यालय स्थापना भएको हो। यसका अतिरिक्त जिल्लाभर सात अन्य छोटी भन्सार कार्यालय छन्। यद्यपि कर्मचारी अभावका बीच सातमध्ये पाँच छोटी भन्सार कार्यालय वर्षौँदेखि ठप्प छन्। 

भारतसँग जोडिएको जिल्लाकै मुख्य भन्सार नाका रहेका कारण यहाँबाट २४ घण्टै मालसमान ढुवानी गर्ने सवारीसाधन, घुमफिर गर्न आउने सर्वसाधारणको गाडी, जन्ती–बिरामी बोकेका आकस्मिक सवारीसाधन आवतजावत हुनु स्वाभाविक हो। कर्मचारी अभावका कारण राति ८ बजेपछि यो भन्सार कार्यालय पूर्ण रुपमा बन्द नै रहने गर्दछ। 

'यस कार्यालयबाट हुने प्रायः जसो काम हाल अनलाइन प्रक्रियामार्फत हुन्छ, दक्ष जनशक्ति आवश्यक छ,' कार्यालय प्रमुख दीपेन्द्र झा भन्छन्, 'हाल थोरै सङ्ख्यामा कर्मचारी छौँ। त्यसमा पनि प्रायःजसो करारमा राखिएका कार्यालय सहयोगी छन्। यस्तो अवस्थामा हामी चाहेर पनि २४ घण्टै सेवा सुविधा दिन सक्ने अवस्थामा छैनौँ। बिहान १० देखि ५ बजेसम्म पनि कार्यालय सञ्चालन गर्नु चुनौतीपूर्ण छ।'

एक भन्सार अधिकृत, आठ नायब सुब्बा, एक कम्प्युटर अपरेटर, एक लेखापाल, एक भन्सार संकेत निरीक्षक, एक सवारी चालक र १० कार्यालय सहयोगीको दरबन्दी रहेको यस कार्यालयमा हाल भन्सार अधिकृत सहित १५ कर्मचारी कार्यरत छन्। तीमध्ये १० कार्यालय सहयोगी छन्। उनीहरु अधिकांश करार छन्। कर्मचारी अभावले पाँच भन्सार नाका वर्षौँदेखि ठप्प छन्। द्वन्द्वकालमा सुरक्षा खतरा देखाउँदै बन्द गरिएका ती कार्यालयहरु कर्मचारी अभावका कारण ठप्प छन्।   

Shivam cement

भन्सार कार्यालयको तथ्यांक अनुसार हाल सप्तरीको बलानबिहुल गाउँपालिकाको बेल्हीस्थित छोटी भन्सार तथा डाकनेश्वरी नगरपालिकाको पातोस्थित छोटी भन्सार मात्रै संचालनमा छ। जिल्लाको हनुमाननगर, गोविन्दपुर, स्वर्णपट्टी, कोदरकट्टी, र वननियाँ छोटी भन्सार वर्षौँदेखि ठप्प छन्। यी छोटी भन्सार ठप्प हुँदा एकातिर राजस्व असुलीमा ठूलो गिरावट देखिएको छ भने अर्को तिर तस्करीलगायत गैरकानुनी गतिविधि बढेको स्थानीयको गुनासो छ।  

घट्दै राजस्व 

आर्थिक वर्ष २०७८-०७९ मा यस कार्यालयले राजस्व सङ्कलनतर्फ आफ्नो निर्धारित लक्ष्य पूरा गर्न सकेन। रु छ करोड ८४ लाख २० हजार लक्ष्य निर्धारण गरिएकामा कार्यालयले रु चार करोड १७ लाख ६४ हजार राजस्व सङ्कलन गर्न सकेको कार्यालय प्रमुख झा बताउनुहुन्छ। यो लक्ष्यभन्दा ३९ प्रतिशत कम हो। 

आर्थिक वर्ष २०७७-०७८ मा यस कार्यालयले रु चार करोड ६२ लाख १९ हजार ७३ राजस्व संकलन गर्न सफल भएको थियो भने आव २०७५-०७६ मा रु सात करोड ९७ लाखभन्दा बढी राजस्व असुल गरेको थियो। 

झण्डै ५१ किलोमिटर लामो खुला सिमानाका कारण बढ्दै गएको तस्करी, कर्मचारीको अभाव, भारतीय नाकासँग जोडिएको सडकको दुरावस्था, छोटी भन्सार कार्यालय व्यवस्थित नहुनु, भौतिक पूर्वाधारको अभाव जस्ता कारणले राजविराज भन्सार कार्यालयले लक्ष्य अनुरुपको राजस्व संकलन गर्न सकेको छैन। 

प्रकाशित: Sep 11, 2022| 22:55 आइतबार, भदौ २६, २०७९
प्रतिक्रिया दिनुहोस्