सोमबार, असार १, २०८३

दिगो पूर्वाधार लगानी फोरम भदौ २९ गते हुँदै

दिगो विकास लक्ष्य प्राप्तिका लागि हरित, उत्थानशील र समावेशी विकास हासिल गर्ने सम्बन्धमा पूर्वाधार संरचनाहरूको निर्माण तथा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको हो।
 |  आइतबार, भदौ २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २६, २०७९

काठमाडौं- लगानी बोर्ड नेपालले भदौ २९ गते काठमाडौंमा दिगो पूर्वाधार लगानी फोरमको आयोजना गर्ने भएको छ। 

National life

दिगो विकास लक्ष्य प्राप्तिका लागि हरित, उत्थानशील र समावेशी विकास हासिल गर्ने सम्बन्धमा पूर्वाधार संरचनाहरूको निर्माण तथा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको हो।

नेपालले विश्व जलवायु सम्मेलन (कोप–२६) मा नेट जीरो कार्बन अर्थात् शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्तिका लागि जाहेर गरेको प्रतिबद्धताका लागि साधन स्रोतको परिचालनमा उक्त फोरम कोशेढुंगा सावित हुने लगानी बोर्डले अपेक्षा गरेको छ।

यस कार्यक्रमको उद्देश्य हासिल गर्ने पक्षलाई विचार गर्दै लगानीकर्ता/निजी क्षेत्र, नीति निर्माता, विकास साझेदार, बैंक तथा वित्तीय संस्था, विज्ञ/विशेषज्ञ, सञ्चारक्षेत्र लगायत सरोकारवालाहरू साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विशिष्ठ व्यक्तित्वहरू, विकास तथा पूर्वाधार क्षेत्रका विज्ञहरूको सहभागितालाई जोड दिइएको छ।

कार्यक्रमको समुद्घाटन सम्माननीय प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्षबाट हुनेछ। एक दिनका लागि सञ्चालन हुने यस कार्यक्रममा सार्वजनिक–निजी साझेदारी (पिपिपी) परियोजना बैंक, परियोजना विकासका सम्बन्धमा गरिने समझदारीपत्र तथा सम्झौता, परियोजना विकासका अवधारणा, सम्भाव्यता अध्ययन भएका र लगानी सम्भाव्य परियोजनाहरूको बारेमा विज्ञहरू बीचमा सैद्धान्तिक बहस हुने बताइएको छ।

Shivam cement

रणनीतिक योजना तथा लगानीकर्ताका लागि व्यवसायिक निर्देशिका (विजनेस गाइड) सार्वजनिक गरी गतवर्ष लगानी बोर्डले दशौं वार्षिकोत्सवको कार्यक्रम आयोजना गरेको र उक्त रणनीतिक योजना कार्यान्वयनको चरणमा रहेको सन्दर्भमा यस कार्यक्रमले उक्त रणनीतिक योजनाको उद्देश्य हासिल गर्न समेत सार्थक हुने अपेक्षा गरिएको छ। उद्घाटन शत्रसहित परियोजना बैंक, नेटवर्किङ एवं स्टलसम्बन्धी जानकारी उक्त कार्यक्रममा गराइने बताइएको छ। 

प्रकाशित: Sep 11, 2022| 19:46 आइतबार, भदौ २६, २०७९
प्रतिक्रिया दिनुहोस्