बुधबार, साउन २०, २०८३

जबरालाई सोधियो ३५ प्रश्न, बाँकी मंगलबार सोधिने

संसद्को महाभियोग छानबिन समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आइतबार चौथो दिन २४ प्रश्न सोधेको छ।
 |  आइतबार, भदौ २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २६, २०७९

काठमाडौं– संसद्को महाभियोग छानबिन समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आइतबार चौथो दिन २४ प्रश्न सोधेको छ। यससँगै समितिले तयार पारेका ४३ मध्ये ३५ प्रश्नको सवालजवाफ सकिएको छ।

यसअघि समितिले भदौ १५, १६ र १९ गते पनि जबराको बयान लिएको थियो। ३ दिनको बयानका क्रममा जम्मा ११ वटा प्रश्न समितिले सोधेको थियो। 

आज सिंहदरबारस्थित कार्यालयमा समितिले दिउँसो १२ः३० मा चौथो दिन बयानका लागि जबरालाई बोलाएको थियो। करिब १ घण्टापछि बयान सुरु भएको थियो। 

चारै दिन जबरा खरोसँग विभिन्‍न राजनीतिक दल, नेपाल बार एसोसिएसन र न्यायाधीशहरूविरुद्ध उत्रिएका छन्। आइतबार पनि जबराले समकक्षीमाथि नै लान्छना लगाएको र यसैबाट उनीविरुद्धको महाभियोग पुष्टि हुने समिति सदस्य नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले बताए। उनले भने,  ‘आज पनि उहाँले समकक्षी, सहकर्मीप्रति लान्छना लगाउने कार्य जारी राख्नुभयो, उहाँकै बयानले पनि अभियोग पुष्टि गरिरहेको छ।’

सरकारले २१ आरोपसहित राणाविरुद्ध फागुन १ गते महाभियोग प्रस्ताव संसद्मा दर्ता गराएको थियो। साढे ५ महिना उक्त प्रस्ताव यसै अलपत्र पारेपछि गत साउन २३ गतेको प्रतिनिधिसभाले महाभियोग प्रस्ताव ‘महाभियोग सिफारिस समिति’मा पठाएको थियो।

प्रकाशित: Sep 11, 2022| 17:19 आइतबार, भदौ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...