सोमबार, असोज २१, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

बलात्कारका बेला किन प्रतिवाद गर्न सक्दैनन् पीडित?

कुनै बेला पीडितको शरीर फ्रिज भएर बेहोसको अवस्थामा पुगिसकेका हुन्छन्। त्यसैले १ चोटी मात्र हैन ३-४ चोटी बलात्कार गर्दा पनि किन पीडित त्यही बसिरह्यो भन्ने प्रश्न गलत हो। यो फ्रिज भएकै आधारमा केटी किन चिच्याइन? ढोकामा चुकुल नलागेको बेला पनि किन भागेन? सबै व्याख्या हुन्छ।
 |  आइतबार, भदौ २६, २०७९
nespernesper

सुशील देवकोटा

सुशील देवकोटा

आइतबार, भदौ २६, २०७९

बलात्कार घटनाका विषयमा धेरै मान्छेको कुरा पढेँ। आफ्नो विषयमा जान्ने भनिएका बुद्धिजीवी भनिनेहरू पनि चिप्लिएको देखेँ। तर ठिकै छ, बलात्कारको मनोविज्ञान हाम्रो कोर्समा पढाइन्न। त्यसैले एक पटक 'मलाई थाहा छैन' भन्न मिल्यो। तर सामग्री प्रकाशन भएपछि पनि बलात्कारका आरोपितकै पक्षमा उभियो भने समाजमै समस्या छ भनेर बुझ्नुपर्‍यो। समाजमा केही बुझाउनुपर्‍यो भनेर मैले रात-दिन लगाएर यो सामग्री तयार गरेको  छु। यो कुरा सकेसम्म धेरै मान्छेसम्म पुर्याउन सहयोग गर्नुहोला। त्यसका लागि मलाई सोध्नु पर्दैन। 

triton college

यौन दुराचारको बेला दिमागमा के भइरहेको हुन्छ? खासमा मलाई यस्तो सामग्री लेख्न मन थिएन। तर बेला-बेलामा भइरहने घटनाहरुले मलाई यो विषयमा लेख्न बाध्य बनायो। मैले केही दिन त कुरेँ। तर कतैबाट पनि चित्तबुझ्दो कुरा/लेख रचना नआएपछि मैले आफैं लेख्न लागेँ। यसमा वैज्ञानिक रुपमा बलात्कार भइरहेको बेला मान्छेको दिमागमा के प्रभाव परिरहेको हुन्छ भन्ने कुरा लेख्ने प्रयास गरेको छु। बलात्कार मात्र हैन, अरु कुनै प्रकारको यौन दुराचारमा पनि यी कुराहरु लागू हुन्छन्। 

उमेर नपुगेका मान्छेसँग यौन क्रियाकलाप किन वैज्ञानिक रुपमा गैरकानुनी हो भनेर बुझ्न मेरो पुरानो सामग्री (ट्विटर थ्रेड) पढ्नु होला। भाषाको ज्ञान मेरो बलियो पाटो नभएकोले त्यो मामलामा मलाई माफ गरिदिनु होला। अर्को कुरा, यौन दुराचार गर्नेमा पुरुष धेरैजस्तो देखिन सक्छ यो सामग्रीमा। तर यौन दुराचार महिलाले पनि गर्न सक्छिन् भन्ने मलाई ज्ञान छ। बलात्कार महिला/पुरुषले गर्ने नभएर आपराधिक मानसिकता भएको व्यक्तिले गर्ने हो। तैपनि किन पुरुषले मात्र गर्छन् भनेर लेखिस् भनेर तोरीको गेडामा प्वाल खोज्न आउनुहोला भनेर यो डिस्क्लेमर राख्न चाहन्छु। 

यो सामग्री ३ ग्रुपप्रति लक्षित छः यौन दुराचारका घटनाबाट पीडित, छानबिन गर्ने निकाय (प्रहरी) र कानुन बनाउने निकाय। यौन दुराचारका घटनाबाट पीडित धेरैजसो मान्छेहरु आफ्नो गल्ती नभए पनि 'गिल्ट'मा बाँचेको देखिन्छ। जस्तैः मैले अलि बल गरेर हुन्न भनेको भए मलाई बलात्कार गर्दैनथ्यो कि? मैले चिच्याएको भए बलात्कार गर्दैनथ्यो कि? ढोकामा चुकुल नै लगाएको थिएन तर पनि म किन भागिनँ? गल्ती त मेरै हो जस्ता सोच आएर पीडितले आफैंलाई दोष दिन्छन्। 

यो सामग्रीमा बलात्कार भइरहेको समयमा किन पीडितले प्रतिकार गर्न सक्दैनन् भनेर एकदमै बलियो र वैज्ञानिक कारण दिनेछु। खासमा विज्ञानले के पुष्टि गरिसकेको छ भने बलात्कार भइरहेको बेला तपाईंको शरीर 'अटो पाइलट'मा गइसकेको हुन्छ। के गर्ने र नगर्ने तपाईंको वशमा हुन छोडिसकेको हुन्छ। तपाईं नचिच्याएको, बलात्कार गर्न नरोकेको, ढोका खोलेर नभागेको तपाईंको गल्ती हैन। आफूलाई दोष नदिनुस्। यो त प्रकृतिले हाम्रो शरीर र दिमाग त्यसरी नै बनाएका कारणले त्यसो भएको हो। तर वैज्ञानिक कारण थाहा नभएपछि हामी आफैंलाई दोष दिन्छौँ। दोष त बलात्कार गर्ने मान्छेको नै हो।

Metro Mart
vianet

अर्को कुरा यो सामग्री अनुसन्धान गर्ने निकायप्रति पनि लक्षित छ। जस्तै- कुनै महिलाले आएर 'मलाई 'ब्वाइफ्रेन्ड'ले दिउँसै कोठामा बलात्कार गर्‍यो' भनेर उजुरी दिइन् भने अनुसन्धान गर्ने निकायले केरकार गर्न यी प्रश्न सोध्न सक्छ। दिउँसै? अनि त्यो कोठा त बाटोको छैउमै छ, किन नचिच्याएको? मान्छेले सुनेर बचाइहाल्थे नि? कतै पहिला सहमतिमा यौन सम्पर्क भयो तर अब कुरा नमिलेर आरोप लगाएको त हैन?

खासमा यो 'सेकेन्डरी एब्युज' (पीडितलाई नै थप पीडा दिने काम) हो। धेरै यौन दुराचार पीडितहरू 'सेकेन्डरी एब्युज भइन्छ' भनेर अगाडि आउन हिच्किचाउँछन्। हो, सबै यौन दुराचारका आरोप सत्य हुन्नन्। त्यसमा पनि हामी सजग हुनुपर्छ। म यो सामग्रीमा प्रहरीले कसरी न्युरोसाइन्समा आधारित भएर पीडितलाई प्रश्न सोध्नुपर्छ भनेर लेख्नेछु।

धेरै मान्छे नजिकै हुँदाहुँदै पनि पीडितले कुनै प्रतिकार नगर्नु (नचिच्याउनु आदि)मा वैज्ञानिक कारण छ। त्यसैले प्रहरीले यी केसमा साधारण दिमागले सोच्ने प्रश्न गर्ने नै होइन। त्यसरी गरिने अनुसन्धानलाई 'ट्रमा सेन्ट्रिक इन्भेस्टिगेसन' वा पीडित केन्द्रित अनुसन्धान  भनिन्छ। 

यो सामग्री कानुन बनाउने निकायप्रति लक्षित छ, समयको हदबन्दीलगायतका विषयमा। विज्ञानले के भन्छ भने यी केसमा सकेसम्म लामो समय दिनुपर्छ। हुन त बलात्कारको भौतिक प्रमाण नष्ट हुने हुनाले छोटो समय राख्नुपर्छ भन्ने पनि सुनिन्छ, जो एक हदसम्म ठिकै हो। तर न्युरोसाइन्सले के भन्छ भने बलात्कार भएको मान्छेले दिमागमा राख्ने सूचना साधारण मान्छेको जस्तो हुन्न। 

अनुसन्धान गर्दै जाँदा प्रहरीले चलचित्रको पटकथा जस्तो सलल बगेको घटनाक्रम (continuous information) खोज्न सक्छ। साधारण अवस्थामा त्यो मनासिब हो। जस्तै तपाईंले आफूलाई मन परेको मान्छेले के लगाएको थियो? के खायो सबै सोधेमा सजिलै सलल उत्तर दिन सक्नुहुन्छ किनभने सामान्य अवस्थामा दिमागले ती सूचना मिलाएर चाङ लगाएर राखेको हुन्छ खोज्ने बित्तिकै फटाफट निस्किने गरेर। तर जो व्यक्तिमाथि बलात्कार हुन्छ (डरको अवस्थामा) दिमागले सूचना टुक्रा-टुक्रा गरेर राख्छ। यसलाई फ्र्यागमेन्टेड इन्फर्मेसन भन्न सकिन्छ। औपचारिकता छोडेर साँच्चै न्याय दिने हो भने त्यो सूचना अनुसन्धान अधिकारी/निकायले बाहिर निकाल्नुपर्छ। बलात्कार पीडितले दिने सूचना त्यसैले टुक्रा-टुक्रा परेको हुन्छ किनभने ती सूचना दिमागले नै त्यसरी राखेको हुन्छ।

दिमागमा रहेको त्यो सूचना कसरी बाहिर निकाल्ने भन्ने कुरा व्यक्ति-व्यक्तिमा फरक पर्छ। अनुसन्धान गर्ने निकाय कत्तिको वैज्ञानिक तरिकाले प्रस्तुत हुन्छ त्यसमा भर पर्छ। हो केही व्यक्तिले छिटै सूचना दिन सक्छन् तिनलाई छोटो समयको हदबन्दी ठिकै होला, तर व्यक्तित्व अनुसार कसैलाई २ वर्ष र कसैले त जिन्दगीभरि नै ती सूचना बाहिर निकाल्न सक्दैनन्। तर त्यो उनीहरुको इच्छा होइन, दिमागले नै त्यसरी राखेको हुन्छ सूचना। प्रहरीले यो मनोविज्ञान बुझ्नुपर्छ। कसैले चिटिक्क पारेर मिलाएर घटनाक्रम बताउन सकेन भन्दैमा यो आरोप झुटो रहेछ भनेर अविश्वास गर्न हुन्न।

पीडित केन्द्रित अनुसन्धान कसरी गर्ने भन्ने बारेमा पनि म यहाँ लेख्नेछु। हुन त मैले प्रहरीलाई अनुसन्धान कसरी गर्ने भनेर सिकाउन खोजेको हैन। त्यो मेरो हैसियत पनि हैन। तर केही वैज्ञानिक आधार मात्र भन्न खोजेको हो। 

अब विज्ञानको पाटोमा जाऔँ। हामी मान्छे भएको हाम्रो चेतनाले हो जुन संसारमा अरु कुनै प्राणीमा मान्छेको जति छैन। हाम्रो दिमागमा प्रत्येक कार्यको लागि केही भागहरु छुट्याएको हुन्छ। तीमध्ये आजको सामग्रीमा महत्वपूर्ण २ भागका कुरा गरौं (तल चित्र)।

प्रकाशित: Sep 11, 2022| 16:39 आइतबार, भदौ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...
अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...