बिहीबार, असोज ८, २०८३

रेनोले सार्वजनिक गर्‍यो दसैंतिहार लक्षित योजना

रेनो गाडीको नेपालको लागि आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले दशैं–तिहार लक्षित योजना सार्वजनिक गरेको छ।
 |  आइतबार, भदौ २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २६, २०७९

काठमाडौं- रेनो गाडीको नेपालको लागि आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले दशैं–तिहार लक्षित योजना सार्वजनिक गरेको छ। कम्पनीले 'चाडपर्वको शुभ शुरुवात, गरौँ रेनोको साथ' नारा सहित चाडपर्व लक्षित 'रेनो उत्सव' योजना सार्वजनिक गरेको हो। 

यक्त योजनाअनुसार रेनोको कुनै पनि मोडेलको नयाँँ गाडीको खरिदमा ग्राहकले एक वर्षको लागि निःशुल्क पेट्रोल र सडक कर, दुई वर्षको लागि निःशुल्क सर्भिसिङको साथै एक्स्चेन्ज बोनस, लोयल्टी बोनस लगायत अन्य अफरहरू प्राप्त गर्न सक्नेछन्। 

यसको साथै रेनो उत्सवअन्तर्गत उपभोक्ताहरूले स्योर शट इजिफाइनान्स तथा स्पट भ्यालुएसन र एक्स्चेन्जको पनि लाभ उठाउन सक्ने बताइएको छ। दशैं–तिहार दिपावली तथा छठ पर्वलाई लक्षित गरेर उपभोक्ताहरूको चाडपर्व अझै हर्षोल्लासमय बनाउने उद्देश्यले उक्त अफरहरू ल्याइएको कम्पनीले जनाएको छ। 

यो अफरसँगै नेपाली उपभोक्ताहरूले गाडी खरिद गर्ने आफ्नो सपना सहजताका साथ साकार गर्न सक्ने कम्पनीले विश्वास लिएको छ।  रेनोको काइगर, ट्राइबर, क्विड लगायतअन्य भेरियन्ट्का गाडीहरू नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले बताएको छ।

प्रकाशित: Sep 11, 2022| 14:35 आइतबार, भदौ २६, २०७९
प्रतिक्रिया दिनुहोस्