बिहीबार, असोज ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • शाओमी शीर्ष स्मार्टफोन कम्पनीको स्थान कायमै राख्न सफल

शाओमी शीर्ष स्मार्टफोन कम्पनीको स्थान कायमै राख्न सफल

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले मार्केट रिसर्च फर्मआइडिसीको विश्वव्यापी मोबाइल फोन ट्रयाकरको दोश्रो त्रैमासिक २०२२ को रिलीज अनुसार आफू नेपालको नम्बर एक स्मार्टफोन कम्पनी बनेको घोषणा गरेको छ।
 |  आइतबार, भदौ २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २६, २०७९

काठमाडौं- ग्लोबल टेक्नोलोजी लिडर शाओमीले मार्केट रिसर्च फर्मआइडिसीको विश्वव्यापी मोबाइल फोन ट्रयाकरको दोश्रो त्रैमासिक २०२२ को रिलीज अनुसार आफू नेपालको नम्बर एक स्मार्टफोन कम्पनी बनेको घोषणा गरेको छ।

रेडमी १० सेरिज, रेडमी ११ सेरिज, रेडमी १२ सेरिज जस्ता विभिन्न मुल्यका धेरै उत्पादनहरु बजारमा ल्याएको कारण शाओमी ब्राण्डको बजारमा उल्लेखनीय वृद्धि भएको छ। यसका साथै शाओमीले नेपालमा मी वाच लाइट, टिभी स्टिक, ट्रिमर, ब्यान्ड ६, सोनिकबास वायरलेस इयरफोन, पावरब्यान्क, मी प्याड ५र हाल सालै एअर प्युरिफायेर, एअर कम्प्रेसर लगायत३० वटा नयाँ इकोसिस्टम उत्पादनहरु पनि लन्च गरेको छ।

यसका अतिरिक्त अफलाइन नेटवर्क विस्तारको कारणले ब्रान्डको समग्र वृद्धिमा योगदान पुर्याएको छ। शाओमीले नेपालमा आफ्नो उपस्थिति सुदृढ गर्दै देशभरिमा १२ वटा आधिकारिक स्टोर र १८वटा सर्भिस सेन्टर स्थापना गरेको छ। हाल नेपालको विभिन्न स्थानहरुमा कम्पनीको एक बलियो वितरण नेटवर्क रहेको छ।


प्रकाशित: Sep 11, 2022| 14:34 आइतबार, भदौ २६, २०७९
प्रतिक्रिया दिनुहोस्