बिहीबार, असोज ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एमएडब्लुले नेपालमा बिक्री गर्‍यो १० हजार जेसिबी मेसिन

एमएडब्लुले नेपालमा बिक्री गर्‍यो १० हजार जेसिबी मेसिन

नेपालका लागि जेसिबी मेसिनको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रा. लि.ले नेपालमा १० हजार जेसिबी मेसिन बिक्री गरेर नेपाली कन्स्ट्रक्सन तथा हेभी इक्युपमेण्ट क्षेत्रमा नयाँ प्रतिबिम्ब स्थापना गर्न सफल भएको छ।
 |  आइतबार, भदौ २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २६, २०७९

काठमाडौं- नेपालका लागि जेसिबी मेसिनको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रा. लि.ले नेपालमा १० हजार जेसिबी मेसिन बिक्री गरेर नेपाली कन्स्ट्रक्सन तथा हेभी इक्युपमेण्ट क्षेत्रमा नयाँ प्रतिबिम्ब स्थापना गर्न सफल भएको छ। 

शुक्रबार जेसिबी इन्डियाका सिइओ तथा प्रबन्ध निर्देशक दिपक सेठीले एमएडब्लु अर्थमुभर्सका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत गोपालकुमार अग्रवालले कालिका कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक निकोलस पाण्डेलाई १० हजार औं मेसिनको चाबी हस्तान्तरण गरेका छन्।

१० हजार औं मेसिनको रुपमा जेसिबी टेलिह्यान्डलरको चाबी हस्तान्तरण गर्दै जेसिबी इन्डियाका सिइओ तथा प्रबन्ध निर्देशक दिपक सेठीले जेसिबी नेपालले ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्ने भएकै कारणले दक्षिण एसियाको नम्बर १ डिलर बन्न सफल भएको बताए। उनले ग्राहक सुविधाका लागि कुनै पनि प्रकारको सहयोग आवश्यक परेको खण्डमा त्यसलाई पूर्ति गर्न जेसिबी इन्डिया सदैव तयार रहेको बताए। 

त्यसैगरी, कालिका कालिका कन्स्ट्रक्सन प्रा.लि.का प्रबन्ध निर्देशक निकोलस पाण्डेले जेसिबीले दिने सेवा सुविधाकै कारण यो ब्रान्ड आफ्नो पहिलो रोजाइमा परेको बताए। नेपाली कन्स्ट्रक्सन तथा हेभी इक्युपमेण्ट क्षेत्रको अग्रणी खेलाडी एमएडब्लु जेसिबीले गुणस्तरीय र वर्ल्ड क्लास उत्पादन र सेवामार्फत देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। 

एमएडब्लु अर्थमुभर्सले ब्याकहो लोडर, एस्काभेटर, ह्विल लोडर, कम्प्याक्टर, टेलिह्यान्डलर र स्किड स्टेरिङ लोडर जस्ता जेसिबी ब्रान्डका हेभी इक्विपमेन्टहरुको बिक्री वितरण गर्दै आएको छ। नेपाली बजारमा जेसिबीको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ।


प्रकाशित: Sep 11, 2022| 14:33 आइतबार, भदौ २६, २०७९
प्रतिक्रिया दिनुहोस्