बिहीबार, असोज ८, २०८३

एभरेष्ट बैंक र दराजबीच सम्झौता

एभरेष्ट बैंक र दराज बीच ‘दराज दशैं धमाका’ महोत्सवका लागि सम्झौता भएको छ।
 |  आइतबार, भदौ २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २६, २०७९

काठमाडौं- एभरेष्ट बैंक र दराज बीच ‘दराज दशैं धमाका’ महोत्सवका लागि सम्झौता भएको छ। बैंकले दशैंलाई लक्षित गर्दै आगामी भदौ २९ गतेबाट दराजबाट किनमेल गर्दा बैंकका कार्डवाहकलाई छुट दिइने भएको छ।

अनलाइनबाट सामान किनेर डेविट कार्डमार्फत भुक्तानी गर्दा अधिकतम १५ प्रतिशत वा २ हजार रूपैयाँसम्म छुट दिने बैंकले जनाएको छ। बैंकका अनुसार क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा २० प्रतिशत वा २५ सय रूपैया छुट हुने जनाएको छ। सम्झौताले कार्डवाहक ग्राहकहरूमा छुट्टै उत्साह थपिने विश्वास बैंकले लिएको छ। 


प्रकाशित: Sep 11, 2022| 14:30 आइतबार, भदौ २६, २०७९
प्रतिक्रिया दिनुहोस्