बिहीबार, असोज ८, २०८३

नेटटिभीको फेसटिभिटी अफर

सेवा प्रदायक नेटटिभीले पनि 'नेटटिभी फेसटिभिटी' अफर ल्याएको छ।
 |  आइतबार, भदौ २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २६, २०७९

काठमाडौं- सेवा प्रदायक नेटटिभीले पनि 'नेटटिभी फेसटिभिटी' अफर ल्याएको छ। यो अफरमा नेटटिभीले टिभी र नेटटिभी सब्सक्रिसनको बन्डल अफर सुपथ मूल्यमा बजारमा ल्याएको कम्पनीले बताएको छ।

यो अफर अन्तर्गत नेटटिभीको सेट टप बक्स र एक वर्षको सदस्यताको साथमा उपभोक्ताले यासुदाको ३२ इन्चको वाइएस–३२एनडब्लुएन मोडल एलइडी टीभी वा ४३ इन्चको वाइएस–४३एनडब्लुएस मोडलको बेजेल–लेस स्मार्ट टीभी खरिद गर्ने सक्नेछन्।

कम्पनीका अनुसार ३२ इन्चको टिभीको नेटटीभी सेट टप बक्स र एक वर्षे प्लानको मूल्य भ्याटसहित १४ हजार ९९९ रुपैयाँ रहेको र ४३ इन्च टीभीको नेटटीभी सेट टप बक्स र एक वर्षे प्लानको मूल्य भ्याटसहित २९ हजार २९९ रुपैयाँ रहेको छ। दुवै प्लानमा सेट टप बक्सको डिपोजिट ५०० रुपैयाँ लाग्ने बताइएको छ।

नेटटीभी स्ट्रिम्जप्लस प्लस जस्तो मनोरञ्जन प्रविधि क्षेत्रको नौलो सेवा नेपालमै पहिलो पटक ल्याएर नेटटीभी नेपालको पहिलो गुगल सर्टिफाइड् एन्ड्रोइड टिभी अपरेटर बन्न सफल भएको कम्पनीको भनाइ छ।


प्रकाशित: Sep 11, 2022| 14:28 आइतबार, भदौ २६, २०७९
प्रतिक्रिया दिनुहोस्